फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका चार जना फुटबलर कारबाहीमा परेका छन्।
Advertisement
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको छ। एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर चारै जनालाई हटाएको हो।

चारै जना ‘नाइट क्लब’मा नियम विपरित गएको भन्दै एन्फाले टिमबाट हटाएको बुझिएको छ। उनीहरु शुक्रबार राति ठमेलका विभिन्न क्लबमा गएको एन्फा स्रोतको जानकारी दिएको छ।
एन्फाका प्रवक्ता किरण राईले चार जना अनुशासनको कारबाहीमा परेको पुष्ट गरे पनि विषय खुलाउन चाहेनन्।