मधुसुदन पोख्रेल,प्युठान। प्युठानको विजुवारमा दूइ दिने आखा सिविर सम्पन्न भएको छ । नरेन्द्र गायत्री आखा अस्पताल विजुवार प्यूठान र रण अम्वीका शाह आखा अस्पताल भैरहवाको संयूक्त आयोजना एवम डाक फाउन्डेसनको सहयोगमा शिविर विहिवार सम्पन्न भएको हो । सिविरमा प्यूठान लगाएत वाहिरी जिल्ला अर्घाखाची, गुल्मी र रोल्पाका २ सय ४९ विरामीले आखा परिक्षण गराएका थिए । आखा जाच गराएका मध्य ८६ जना विरामीहरुको मोतिया विन्दुको सल्कृया गरिएको थियो ।सिवीर डा.विनिता भट्टराई र किल्नीक इन्चार्ज सुजाता भण्डारी ,नेत्र साहि दुर्गा राना लगाएतको टोलीले आखा चेक जाच र सल्कृया गरेका थिए । पछिल्लो समय जिल्लामा मोतिया विन्दुका विरामी वढेको देखिएको छ । मोतिया विन्दु उमेर अवस्था,चोटपटक,र रेडियसनका कारण बढ्ने गरेको किल्नीक इन्चार्ज सुजाता भण्डारीले बताउनु भयो । आखा जिवनको महत्व पुर्ण अंग भएकोले आखाको विशेष हेरविचार गर्नु पर्ने समेत भण्डारीको भनाई छ । शिविरमा विरामीका लागि खान वस्नको ब्यबस्थापन आखा अस्पतालका जग्गा दाता स्वर्गिय नरेन्त्रराजको धर्म पत्नी गायत्री देवी श्रेष्ठले गर्नु भएकाे थियाे
विजुवारमा आँखा सिविर सम्पन्न : २४९ जना लाभान्वित
विजुवारमा आँखा सिविर सम्पन्न : २४९ जना लाभान्वित

Advertisement
तपाईको प्रतिक्रिया