• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

लमही नगरपालिका वडा नंवर ७ का यी हुन ५ उत्कृष्ट्र काम


  •   बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
  • स्थानिय तहमा जनप्रतिनिधि आएको दुई वर्ष नाघ्यो । दुइ दशक लामो समय सम्म कर्मचारीले चलाउँदै आएको स्थानिय तहको अहिले जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा दिने भनेर अहिले प्रत्यक स्थानिय तहको वडास्तर सम्म जनप्रतिनिधिको नेतृत्व रहेको छ । स्थानिय तहमा जनप्रतिनिधी आएसंगै अहिले विकासले पनि फड्को मार्दै जान थालेको छ । यद्यपी नागरिकहरुले आस र अपेक्षा गरे अनुसारको विकास र सेवा प्रवाह भने अझै हुन सकेको छैन । लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि आइसकेपछि वडाको विकास निर्माणमा धेरै फट्को मारेको वडा कार्यालयले दाबी गरेको छ । ९ वटा वडामा बिभाजन भएको दाङ्गको लमही नगरपालिकामा सबैभन्दा बढी बिकाश गर्ने वडाको त्यस्रो नम्बरमा छ वडा नम्बर ७ । बिनियोजित बजेटको करिब ९३ प्रतिशत बजेट बिकाशे योजनामा खर्च गर्दै वडा नम्बर ७ त्यस्रो नम्बरमा परेको हो । अाफु वडा नम्बर ७ मा जनप्रतिनिधि भएर आइसकेपछि यस क्षत्रमा विकासको पहुँच पुगेको वडाध्यक्ष मोहन गिरीले दाबी गरेका छन् । वडामा सबै भन्दा बढी खानेपनि विस्तार र ग्रामीण बाटोलाई प्रथामिकतामा राखेर काम भैरहेको अध्यक्ष गिरीको भनाइ छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, खेलकूद, सिँचाइ कुलो, विद्युत्, तालिम र जनचेतना लगाएका थुप्रै कामहरु पनि भएको उनले बताएका छन् । कामना डेलीका दाङ रिपोर्टर टेकबहादुर पुनले अहिले सम्म भएका मुख्य पाँच र गर्न बाँकी मुख्य पाँच कुरा यसरी उल्लेख गरेका छन् ।
    वडा अध्यक्ष के भन्छन?
    लमहीमा वडा नम्बर ७ अन्य वडाहरु भन्दा सुगम र विकट बराबर भनेर चिनिने वडा हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग संग सटेको वडा नम्बर ७ को दक्षिण तर्फ राप्ती कलल बग्ने गर्छ । यहाँ हरेक जातीको बसोबास रहेको छ । यस वडामा दुखपुर्ण जिवन विताउनेहरुको बसोबास पनि उतिकै रहेको छ । यहाँका स्थानियहरुको साना भन्दापनि अति साना आवश्यकताहरु पुरा गर्नु हाम्रो दायित्व भित्र पर्छ । मैले यसलाई चुनौति भन्दापनि अवसरको रुपमा लिएर समग्र वडावासिहरुको सेवामा तल्लिन छु । लामो समय सम्म हुन नसेका र अधुरा अपुरा विकासका कामहरु थुप्रै सम्पन्न भइसकेका छन् । यहाँका स्थानियले पूर्णरुपमा विकासको अनुभुती गर्न नपाएपछि पानीको हाहाकारको समस्या भने अन्त्य भएको छ । एकघैंटो पानीका लागी विहान भरी लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । वर्षैयाममा गाडि त के, मान्छे पैदल हिड्न कठिनाइ हुने गाउँका बाटाघाटाहरु पक्की नाला सहित कालोपत्र भएका छन् । हुनत, हामीले गर्नुपर्ने धेरै कामहरु बाँकी रहेको छ । जनताको अपेक्षा निकट पुगेर हामीले काम गरिरहेका छौं । हामीले भन्नुभन्दा पनि समग्र वडावासिहरुले मुल्याङ्कन गर्नु भएको छ ।
    खानेपानि तर्फ
    लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि भएर आउँदा खानेपानीको चरम समस्या भएको वडाध्यक्ष गिरीले बताए । खानेपानीको स्रोत समेत प्रशस्त नभएको कारण वडाका नयाँ बस्ती, उचानिम्बु, वनघुस्री खुटी, वन्गै, कप्तानगञ्ज, जनकपुर लगाएतका विभिन्न बस्तीहरुमा खानेपानीको चरम समस्या रहेको थियो । जहाँ एकघैटो खानेपानीको लागी  विहानभर लाईनमा बस्नुपर्ने बाध्यता रहेको स्थायिहरु बताउँछन् । यही बाध्यतालाई ध्यानमा राखी वडा नम्बर ७ को वडा कार्यालयले प्रत्येक गाउँ टोलहरुमा खानेपानी पु¥याउँने उद्देश्य सहित स्थानहरुको छनोट गरि चार वटा खानेवानीको ट्याङ्की निर्माण गरि संचालनमा ल्याएको छ ।  सबैको घर आँगनमा खानेपानीको पाइप पुय्राइएको छ । प्रत्येक गाउँलाई शुद्धा पिउँने पानी खुवाउको लागी आफुहरुले सबै संघ संस्थाहरु संग समन्वय गरि खानेपानीको समस्या अन्त्य गरिएको वडाध्यक्ष गिरीले बताए । जो कोही नयाँ मान्छे यस वडाका गाउँमा आएपनि घर घरमा खानेपानीका धारा देखेर विकासले तिव्ररुप लिएको बताउने गरेको मैले सुनेको छु ।
    स्वास्थ्य तर्फ
    वडा कार्यालयले वडावासिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्दै आएको छ । विशेष गरी गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ्यलाइ ध्यानमा राखेर काम गर्दै आएको वडाध्यक्ष गिरीको भनाइ रहेको छ । लमही नगरपालिकाले स्थापना गरेको वन्गै नगर स्वास्थ्य केन्द्रलाई थप व्यवस्थापन गर्दै तिव्र रुपमा संचालन गरिएको छ । जसले गर्दा वडा नम्बर ७ का वडावासिहरुलाई प्राथामिक स्वास्थ्य उपचारको लागी लमही अस्पताल पुग्नुपर्ने बाध्यता हटेको र समयमै उचित स्वास्थ्य उपचारको पहुँचमा पुगेको स्थानियहरु बताउछन् ।
    सडक तर्फ
    लमही नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि वडाका प्रत्येक गाउँ गाउँमा सडक विस्तार हुनुको साथै गाउँका केही गल्लिहरुमा बाटो कालोपत्रे भएको वडाध्यक्ष गिरीले बताए । उनका अनुसार वडाका विभिन्न मुख्य चार वटा सडक कालोपत्रे भईसकेका छन् । जसमध्य वनघुस्रीको पश्चिम गल्लीमा करिब तिन सय मिटर बाटो कालोपत्रे भएको छ । यसैगरी उचानिम्बु गाउँमा पचाँस लाख बजेटमा पक्की नाला सहित तिन सय मिटर लामो सडक कालोपत्रे गरिएको छ । त्यस्तै वडाका सबै गाउँ टोलहरुमा दश किलोमिटर लामो बाटोहरु ग्राभेल गरिएको छ । वन्गै देखि हस्नापुर जोड्ने माथिको बाटो डि.पि.आर तयार भैसकेको वडा कार्यालयले बताएको छ । त्यसैगरी कमानपुरबाट रिङ्रोड (दामोदर रोड) को ट्रयाक खोल्ने काम यही आर्थिक वर्ष २०७६÷०७७ देखि सुरुहुने अध्यक्ष गिरीले बताए । विभिन्न सँघसँस्था सँग समन्वय गरि राप्तीको किनार हुँदै रिहार, अमिलिया सम्म उक्त बाटोलाई बिस्तार गर्ने योजना रहेको गिरीको भनाई छ । जुनबाटोलाई दोस्रो हाइवे भनेर चिन्ने गरिन्छ ।
    शिक्षा तर्फ
    वडा नम्वर ७ मा एउटा मात्रै सामुदायिक विद्यालय रहेको छ । वडा नम्बर ७ मा एउटा मात्र सामुदायिक बिद्यालय रहेको भनिएपनि अर्को बालबिकाश केन्द्र भर्खरै सञ्चालनमा अाएको छ । वडा अन्तर्गत रहेको अर्जुन अाधारभुत विद्यालयमा विद्यार्थीको आर्कषण घट्दै गएको र गुणस्तर शिक्षा पनि नभएको भन्ने भ्रम फैलिएको अवस्थामा आफुहरुले उक्त  विद्यालयमा मन्टेश्वरी कक्षा संचालन गर्दै आएको वडा अध्यक्ष गिरीले बताएका छन् ।  सोही विद्यालयको पर्खाल निर्माण कार्य पनि सम्पन्न भईसकेको छ । सोही वडामा भर्खरै संचालनमा आएको त्रिशक्ती बाल विकास केन्द्रको भौतीक पूर्वधारका लागी दुइ लाख रकम खर्च पनि गरिएको छ ।
    विद्युत तर्फ
    वडा नम्वर ७ को सवै गाउँ सम्म विद्युतको पहुँच पुगेको बताईएको छ । कहिकतै मुख्य प्रशारण लाईनको दुरीमा केहि समस्या भएपनि सवै बस्तीमा विद्युत पुगेको वडा अध्यक्ष गिरीले बताएका छन् । वडा कार्यालयमा जनप्रतिनिधि नअाउँदा विद्युतबाट बञ्चित भएका वडाका गाउँबस्तीहरुमा समेत विद्युत विस्तार गरेको उनको भनाई छ । साथै आधारभुत समस्या भएको ठाउँहरुमा पनि समस्याहरु समाधानका लागी पहल भईरहेको उनले बताएका छन् । पोल मात्र गाडिएको अपुरा कामहरु बिजुलीको तार विस्तार गरि सम्पन्न गरिएको छ । भित्री कप्तानगंज गाउँमा तार र विद्युतको पोल सहित विस्तार गरि गाउँलाई उज्यालो बनाइएको छ । जहाँका स्थानियहरु जनप्रतिनिधि नआउँदा टुकी र सोलार बालेर जिवन यापन गर्दै आएका थिए । त्यस्तै कमानपुरमा पाँच लाख बराबरको विद्युत् ट्रान्सफर्मर खरिद गरि गाउँको तत्काल समस्या समाधान गरिएको उनको भनाई छ ।
    पर्यटन तर्फ
    लमही नगरपालिका वडा नम्बर ७ लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न उक्त वडामा थारु समुदायको होमस्टे संचालन गर्ने योजना अगाडी सारीएको वडाध्यक्ष मोहन गिरीले बताए । जसको पूर्व तयारीको लागी दश लाख बजेट विनियोजन गरिएको बताईएको छ । होमस्टे अन्र्तगत जंगल सफारी, राप्ती नदिमा  ¥याप्टिङ्ग, होमस्टे अवलोकन, होमस्टेमा आएका पाउनाहरुलाई विभिन्न समुदायहरुको कला संस्कृतिबाट स्वागत गरिने नृत्यहरु र होमस्टे संचालन गर्नका लागी आवश्यक अन्य कामहरु सम्पन्न भईसकेको वडाध्यक्ष गिरीले बताए । होमस्टेमा आउने पर्यटकका लागी जिवजन्तुको संरक्षण गर्दै वैज्ञानिक वन व्यवस्थापनको नाममा हुने गरेको जथाभावी जंगल फडानी रोक्न सम्बन्धीत निकाय संग पहल थालिने वडाध्यक्ष गिरीको भनाइ रहेको छ । वडा कार्यालयले बैज्ञानिक बन ब्यबस्थापनका नाममा हुने फडानी तत्काल रोकिने जनाएको छ । जसका लागि स्थानिय सामुदायिक बन समिती, डिभिजन बन कार्यालय, बन महासँघ लगायत सँग छलफलमा जाने उनले स्पष्ट पारे । जंगल फडानीले जंगलका जिवजन्तु अन्यत्र बसाई सरेर जाने खतरा बढेकाले होमस्टेका लागि भएपनि यस्ता कार्य रोक्न कदम चालिने छ ।
    आगामी योजनाहरु
    वडा कार्यालयले आगामी योजना अन्र्तगत वडाका सडकहरुलाई विशेष प्राथमिक्ता दिएको छ । वडा अन्र्तगत रहेको वनघुस्री पूर्वटोलमा बाँकी रहेको कालोपत्रे र ग्राभेल बाटोहरुलाई कालोपत्रे गरि सडक संजालको पहुँच भित्र स्थानियहरु लाई राख्ने वडाध्यक्ष गिरीले बताए । कर्रीटोलबाट तल्लोबाटो हुदैँ हस्नापुर जोड्ने लामो बाटोलाई बिस्तारको लागी यही आर्थिक वर्षबाट काम सुरु गरिने भएको छ । वडा अन्र्तगत रहेका स–साना बाटाघाटालाई चख्ल्याउदै कालोपत्रे गरि पूर्वपश्चिम महेन्द्र राजमार्ग संग जोड्ने योजना रहेको वडाध्यक्ष गिरीले बताए । पाँच वर्षमा पाँच वटा सडक कालोपत्रे गर्ने अाफ्नो लक्ष रहेको वडाध्यक्ष मोहन गिरीले बताए ।

    Advertisement

    बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...