काठमाडौं । भारतीय चर्चित पूर्व क्रिकेट खेलाडी सचिन तेन्दुलकर नेपाल आउने भएका छन । युनिसेफको पोषण सम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका सचिन नेपाल आउने भएका हुन । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेको युनिसेफले जनाएको छ ।उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने युनिसेफले जनाएको छ ।
Advertisement