सनिउल्ला धोबी,कपिलवस्तु ।कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्य तथा नेपाली कागेंसका नेता अभिषेक प्रताप शाहले सोनवागढको विकासको लागि पहल गर्ने बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ भितरिया गाँउको उत्तरमा रहेको सोनवागढमा मंगलवार परिवार सहित पुगेका शाहले आफुले विकासको लागि पहल गर्ने बताउनु भएको छ । धर्मिक तथा पर्यटकीय सम्भावना बोकेको सोनवागढको मन्दिर आफनो पुर्खाहरुले निर्माण गरेको भन्दै आफुले यहाँको सर्वपक्षिय विकासको लागि पहल गर्ने बताउनु भएको छ । सांसद शाहले सोनवागढको मन्दिरको अवलोकन गर्दे केही महिना पहिले उत्खन्न गरिएको अवशेषको बारेमा जानकारी लिनु भयो । शाहले भन्नु भयो “यहाको नागरिकहरुले यस क्षेत्रलाई पर्यटकीय स्थालको रुपमा विकास गर्नु पर्ने अवाश्यक्ता रहेको छ मैले पनि सहयोग गर्छु ।”मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदीले प्रत्येक वर्ष मन्दिर क्षेत्र कटान गर्दै आएको भन्दै शाहले स्थानिय सरकारको ध्यानार्षण गराउने बताउनु भयो। शाहले आफनो निर्वाचन क्षेत्र अन्तरगत रहेको विभिन्न मठमन्दिर मस्जीद चर्चको स्तर माथि उठाउन प्रचार प्रसार गर्नेका लागि सक्दो पहल गर्ने बताउनु भयो । उहाले ऐतिहासिक धरोहरको संरक्षण प्रवद्धन गर्नका लागि संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालयसगँ समन्वय गरी विकास गर्न लागि पर्ने बताउनु भयो । शाहसंग युवा नेता अजय थापा, केशरी जयसवाल लगायत नेताहरुको सहभागीता रहेको थियो । मन्दिरपरिसरमा ४ वटा अग्ला ढिस्काहरू रहेको र मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केही वर्षपहिले मूर्ति फेला परेको र सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको छ । मन्दिरभित्र रहेको गोलाकार ढुंगा उचालेमा आफूले आँटेको पुग्ने विश्वास छ ।
सोनवागढ क्षेत्रमा उत्खनन
गत पुसमा ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खननमा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका मूर्तिहरु फेला पारेको थियो ।मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुंगा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने पुरातत्वविद् हिमालकुमार उप्रेतीले जानकारी दिनुभएके ििथयो । उत्खननका क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने् बताइएको छ ।