• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

पोखराको फुटपाथ खालि नगरे ५० हजारसम्मको जरिवाना गर्ने


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • कामना डेली,कास्की। पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथलाई अतिक्रमण गरी व्यपार व्यवसायी गर्न थालेसंगै महानगरले उनीहरुलाई नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।पोखरा महानगरले पहिलो चरणमा फुटपाथमा व्यवसाय एंव व्यापार गर्नेहरुलाई एक हप्ताको समय अवधि दिदै पत्र दिन सुरु गरेको हो । दोश्रो र तेश्रो पटकसम्म पनि फुटपाथबाट व्यापार तथा व्यवसाय नहटाएमा ५० हजारसम्मको जरिवाना गर्ने चेतावनी महानगरले दिएको छ ।पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, बगर, अम्मरसिंहचोक लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।उहाँले भन्नुभयो “पोखरामा पछिल्लो समयमा दीन प्रति दीन फुटपाथ व्यवसाय तथा व्यापारीहरुको सङख्यामा बृद्धि हुदै आएको छ, एउटा व्यवसाय संचालन गर्ने अर्को प्रकृतिको व्यवसाय गरेको पनि भेटिएको छ ।”सडकपेटि तथा बरण्डामा कुनै पनि व्यापार व्यवसाय नर्गन आफुहरुले आव्हान गर्दै आउदा पनि पछिल्लो समय फुटपाथ बढ्दो रुपमा देखा परेकोले त्यसलाई नियन्त्रण गर्न महानगरले फुटपाथ नियन्त्रण गर्न अभियान सुरु गरेको निमित्त प्रमुख प्रकाशकीय अधिकृत सुवेदीले बताउनुभयो ।
    आइतबार पोखराको महेन्द्रपुलबाट फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेहरुलाई सामग्री हटाउन अल्टिमेट सहितको पत्र दिइएको उहाँले जनाए ।व्यापार गर्नेहरुले फुटपाथ अतिक्रण गरी सामान राखेको र कतिपय ठाउँमा एउटा पसलको अगाडि अर्को पसल पनि थापेको पाइएकाले त्यसलाई हटाउन आइतबारदेखि पत्र दिन सुरु गरिएको फुटपाथबाट सामग्री हटाउन महानगरले गठन गरेको समितिका संयोजक एवं महानगरको निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेको सबैलाई पत्र दिइने र पत्र दिएको मितिदेखि सात दिन भित्र सामग्री नहटाए कारबाही गरिने उहाँले बताउनुभयो । ५ हजार देखि ५० हजार सम्म कारबाही गरिने महानगरपालिकाले बताएको छ ।
    ‘किराना पसल सटरमा छ’, थापाले भने,‘ त्यही किराना पसलको अगाडि एक छेउमा फुटपाथ अतिक्रमण गरी फलफूल पसल राखिएको पाइएको छ, त्यो हटाउन महानगरले पत्र दिएको हो, नहटाए कारबाही गरी त्यहाँबाट सामान हटाइनेछ ।’ सामान हटाउनका लागि पत्र दिन संयोजक थापाको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् ।गत कात्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडि माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने निर्णय पनि गरेको छ । चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गर्न नदिने र कसैले कार्यक्रम गरेमा कारबाही गर्ने निर्णय गरेको थियो ।बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र, महानगरका इन्जिनियर सुरेन्द्र पौडेल लगायतको उपस्थिति थियो ।थापाको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यायल कास्की रहेका छन् ।

    Advertisement

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation