कामना डेली, बुट्वल। रुपन्देहीको तिलोत्तमामा पश्चिम नेपालमै पहिलो पटक उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका वडा नं ३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो । उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् ।बिदेशमा १५ बर्ष बसेर स्वदेश आएका ईन्द्र खड्का अध्यक्ष रहेको उद्योगमा लक्ष्मण भण्डारी, डम्मर तिवारी,सुरेश भण्डारी तथा श्रवणकुमार अग्रहरीको संयुक्त लगानी रहेको छ ।उद्योगको शनिबार प्रमुख सचेतक बालकृष्ण खांणले एक कार्यक्रमा बिच उद्घाटन गरे । खाँणले कार्यक्रममा बोल्दै स्वदेशी उत्पादनलाई प्रात्साहन दिनको लागि स्वदेशी बस्तुको उपभोग गर्नु पर्ने बताए । तिलोत्तमा नगरपालिकामा लगानी गर्नको लागि लगानी कर्ता उत्सुक भएको उनले बताउँदै सरकारले सहज वातावरण सिर्जना गर्नु पर्ने बताए ।तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा लगाती सम्मेलन पछि नगरमा दर्जनौं उद्योगी लगानी गर्न उत्सुक रहेको बताए । भारत र चिनबाट समेत लगानी भित्रने उनले बताए ।
युवाहरुको लगानीमा संचालनमा आएको प्रालिले लेडिजहरुको आबश्यक कपडाहरु सुपथ मुल्यमा उपलब्ध गराउदै आएको प्रालिका अध्यक्ष इन्द्र खड्काले बताए ।यँहा उत्पादन भएको कपडा पोखरा ,काठमान्डौं र बेलायतमा समेत लैजाने गरेको उनले बताए । लण्डनमा शाखा कार्यालय सञ्चालन गरि यँहा उत्पादन गरिएको सामान विक्री गरिने उनले बताए । माघदेखि सञ्चालनमा आएको उद्योगमा अहिलेसम्म ४५ हजार पिस कपडा उत्पादन भएको छ ।कम्पनीले ,ऊलन, कटन तथा एक्रेलिक धोगोबाट उच्च प्रविधिको कम्प्युटराईज मेसिनबाट अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरयुक्त कपडा उत्पादन गरेको छ । उद्योगले तिहारसंगै बिदेशलाई लक्षित गरेर नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित कपडा समेत उत्पादन पनि शुरु गरेको छ ।
रूपन्देहीमा उत्पादित कपडा लण्डनमा बिक्री
रूपन्देहीमा उत्पादित कपडा लण्डनमा बिक्री
Advertisement
तपाईको प्रतिक्रिया