प्युठान । प्युठानमा यात्रुबहाक बसले किच्दा शनिबार एक बालिकाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ४ कुसुनडाडां घर भएका ऐमान सिहं रोकाका ९ वर्षीय छोरी शृजना रोकाको ज्यान गएको हो। बसले किचेर गंभिर घाईते शृजनालाई उपचारका लागि बुट्वल तर्फ लैजादै गर्दा कपिलवस्तुको चन्द्रौटामा मृत्यु भएको हो। आज बिहान सौतामारेबाट चिसाबाङ तर्फ जाँदै गरेको स्वर्गद्धारी- गौमुखी यातायात प्रालीको ना ४ ख ७९०९ नम्बरको बसले झिमरुक ४ बागेंअगारा मोडमा उनलाई किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसले किचेर ज्यान गुमाएकी शृजना स्थानिय लक्षमि माध्यमिक बिद्यालय बाङ्गेफेदिमा कक्षा चारमा अध्यन गर्दै आएकि थिईन। गाडी सहित चालक प्रहरी नियन्त्रणमा छन।जिल्ला अस्पताल प्युठानमा परिक्षण पछि शब आफन्तको जिम्मा लगाईने बताईएको छ।
Advertisement