• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

लोकप्रिय समाचार

  • १. जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

  • २. ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

  • ३. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ४. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • ५. गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

तम्घासको शिर रेसुङ्गामा रिसोर्ट बन्ने


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको धार्मिक ऐतिहासिक एबम् पर्यटकीय क्षेत्र रेसुङ्गामा स्तरीय रिसोर्ट बन्ने भएको छ । जिल्लाको सदरमुकाम तम्घासको शिरमा पर्ने धार्मिक एवंम् पर्यटकीय क्षेत्र रेसुङ्गामा रिसोर्ट बनाउनको निम्ति रेसुङ्गा नगरपालिका र पौवा होटल प्रालि बिच सम्झौता भएको हो । पर्यटकीय क्षेत्र रेसुङ्गामा १० करोडको लागतमा अन्तर्रा्ष्ट्रिय स्तरको रिसोर्ट संचालन हुने भए पछि रेसुङ्गामा पर्यटकको संख्यामा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गरिएको सम्झौमा नगरपालिकाको तर्फबाट नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । ०७६ साल कात्तिकबाट २१०१ आश्विन मसान्तसम्म २५वर्षसम्म लिज अबधी हुने गरि सम्झौता भएको नगर प्रमुख भुसालले बताए । पौवा होटल प्रा.लिलाई बिश्वास गरेर यो काम सुम्पेको र यसले समयमै काम सम्पन्न गरी सञ्चालन गर्नमा नगरपालिका बिश्वस्त रहेको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लाीराज भुसालले बताए ।पौवा होटल प्रा.लिले रेसुङ्गामा नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा समेत तीन तलाको भवन निर्माण गर्ने सहमती भएको नगरप्रमुख भुसालले बताए । प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ । पौवा होटल प्रा.लिका प्रवन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले आफ्नो जन्मथलो पनि गुल्मी भएकोले आफुले आफ्नै ठाँउमा र रेसुङ्गाको पुण्य क्षेत्रमा काम गर्न पाउदा खुशी लागेको बताए । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी थिए।यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

    Advertisement

    किन जाने रेसुङ्गामा
    नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारी साधन चल्न थालेका हुन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्य पनि अगाडी बढेको छ ।

    जैबिक बिबिधताले भरिपुर्ण
    जिल्लाको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ ।नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत २ सय ८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ। धार्मिक,ऐतिहासिक एबं पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको छ । रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको छ । रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । भौगोलिक उचाइगत विविधताले गर्दा यहाँ ६८ प्रजातिका विरुवा,३४ प्रजातिका झाडी,४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ । रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ । यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको छ । यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ ।  प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् ।यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् । रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ ।यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ । रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ ।यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ ।जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना छ । यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुका साथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भए थप सम्भावनाहरुको खोजी गर्न सकिन्छ ।

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    लोकप्रिय

    • १.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन्

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई

    • ३.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    • ४.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ५.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    भर्खरै

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ३.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ४.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ५.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • ६.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ७.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ८.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...