• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

रोल्पामा ‘आइएमई नेपाल लोक स्टारमा सनी विश्वकर्मा जिताऔं’ अभियान


  •   आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
  • कामना डेली, रोल्पा। ‘आइएमई नेपाल लोक स्टार’को उपाधी प्राप्तीका लागि आफुलाई भोट गरिदिन गायक शनि बिश्वकर्माले आग्रह गर्नुभएको छ । उत्कृष्ट चार फाइनलमा पुगेका रोल्पाका सनी विश्वकर्मालाई पहिलो आइएमई नेपाल लोक स्टार बनाउन ‘सनी विश्वकर्मालाई जिताऔं’ अभियानले रोल्पामा भोट अपिल गर्दै अभियान चलाईरहेको छ । दाङका विभिन्न क्षेत्रहरुबाट शुरु भएको सहयोग आह्वान तथा भोटिङ अभियान रोल्पाका विभिन्न स्थानहरुमा चलिरहेको छ । रोल्पाका होलेरी, घर्तीगाउँ, बागमारा, माडीचौर लगायतका स्थानहरुमा भव्यताका सन्चालन भएको अभियान शनिबार लिबाङ, सुलिचौरमा सम्पन्न भएको छ । अभियान प्यूठान, सल्यान, बुटवल, नेपालगन्ज लगायतका क्षेत्रहरुमा जारी रहने बताइएको छ । रोल्पाको सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य दीपेन्द्र पुनले सनि विश्वकर्माले विगतमा राजनितिक रुपमा चिनिएको रोल्पालाई कलाकारिताको माध्यमबाट चिनाउने काम गरेकोले पहिलो आइएमई नेपाल लोक स्टार बनाउन सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । बढी भन्दा बढी भोट गर्न आग्रह गर्दै उहाँले तिहार नजिक आएकाले यो बेला आफूले गरेको सहयोगलाई एउटा रोल्पालीकै लागि गरेको भैलो दान वा समाज सेवा सम्झेर सहयोग गर्न आग्रह गर्नुभयो । आफूले गर्ने खर्चलाई केही बचाएर सबै स्थानीय तह, सरकारी, गैरसरकारी क्षेत्र, उद्योगी, व्यापारीहरुले सक्दो भोट वा नगद सहयोग गरेर योगदान गर्न आग्रह गर्दै जीतमा गर्व गर्नुपर्ने धारणा राख्र्नुुभयो । नगर प्रमुख पूर्ण केसीले सनी रोल्पाका मात्र नभई यस प्रदेशकै गौरव र गहना भएको, त्यसमा पनि रोल्पा नगरवासी हुनुको नाताले ठुलो रकम सहयोग गरेको बताउनुभयो । सनिबाट रोल्पावासीहरुले लोक स्टार उपाधि जितेर रोल्पा नगर, जिल्लाको कला, संस्कृति, पहिचान जोगाउने र राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरेको बताउनुभयो । नेपालको मौलिक रियालिटी शो आइएमई नेपाल लोक स्टारको फाइनलमा पुग्न सफल सनि विश्वकर्माले सबैले आफूप्रति गरेको अपेक्षा पुरा गर्ने प्रतिबद्धता जनाउँदै सबैको सहयोग जारी रहने अपेक्षा गरेको बताउनुभयो । अब दर्शक श्रोताको भोटले आफ्नो सपना पुरा हुने उहाले बताउनुभयो । कार्यक्रमा सनीले सांगीतिक प्रस्तुति समेत गर्नुभएको थियो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेका लोक स्टारको फाइनल यही कार्तिक ८ गते साँझ ४ बजे काठमाडौको भृकुटीमण्डप गार्डेनमा हुँदैछ ।

    Advertisement

    यसरी गर्नुस सनिलाई भोट

    सनि लोक स्टारका फाइनलमा पुग्ने चार प्रतिस्पर्धी मध्ये एक हुनुहुन्छ । उहाँलाई धेरै भन्दा धेरे भोट गर्न एल स्पेश २४ टाइप गरी नेपालबाट ३७००० भारतबाट ५३०१० र कतारबाट ९२३०० मा म्यासेज पठाउन सकिनेछ भने सिधै १६६६७७२४ डायल पनि गर्न सकिनेछ । कार्तिक ८ गते मध्यान्ह १२ः०० बजेसम्म आइएमई पेबाट जतिपटक पनि भोट गर्न वा सनिको आइएमई पे नंं. ९८१०९१४२२७ मा पनि सहयोग गर्न सकिनेछ ।
    लोक स्टारमा लोक स्टार उपाधि जित्नेले नगद रु. ५० लाख, पहिलो रनरअप हुनेले, २५ लाख, दोश्रो रनरअप हुनेले १० लाख र सान्त्वना हुनेले ५ लाख करसहित पुरस्कार गर्ने लोक स्टारको आयोजक संस्था चाहना मिडिाया प्रा.लि.ले जनाएको छ ।

    सनिलाई नगरपालिकाको साथ

    रोल्पा नगरपालिकाले आइएमई नेपाल लोक स्टारमा पहिलो गोल्डेन स्टार प्राप्त तथा उत्कृष्ट चार फाइनलमा पुग्न सफल सनी विश्वकर्मालाई शनिबार लिबाङमा स्वागत तथा सनी विश्वकर्मालाई लोक स्टारमा जिताऔं अभियानको आयोजना गरेको छ । कार्यक्रममा नगर प्रमुख पूर्ण केसीले रोल्पा नगरपालिका र कर्मचारीको तर्फबाट एक लाख सहयोग गर्ने जानकारी दिनुभयो । त्यस्तै जिसस प्रमुख राजबहादुर बुढाले जिल्ला समन्वय समितिले पचास हजार सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिका, त्यहाँ कार्यरत कर्मचारीहरु, जिससमा कार्यरत कर्मचारीहरु लगायत विभिन्न क्षेत्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरु लगायतले नगद सहयोग हस्तान्तरण गरेका छन् । लिबाङमा करिब तीन लाख सहयोग संकलन भएको अभियान्ताहरुले जानकारी दिएका छन् ।

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...