• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

वर्षातले बन्द कालिगण्डकीको जलयातायात सुरु


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वर्षातको पानिले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टेमर सेवा सञ्चालन हुँदै आएको छ ।
    नदीमा पानीको बहाव घट्दै गएकाले स्टेमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टेमर सेवा सञ्चालनमा ल्याइएको हो । तीन जिल्लाको संगम स्थल गुल्मी , स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखी सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ । जलयातायात सेवा सुचारु भएपछि गुल्मी स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जलयातायतमा तिन जिल्ला बाहेक अन्य ठाउँबाट समेत यात्रा गर्न आन्तरीक पर्यटकहरु पुग्ने गर्दछन् । जलाशयमा मार्फत व्यवसायिक रुपमा स्टेमर सञ्चालन भएपछि तिन जिल्लाका सँगै बाग्लुङ्ग सिमानाका दर्जनौँ गाउँका स्थानियले यातायातको दरिलो माध्यम बनाएर सुविधा लिदै आएका थिए । जलयातायत मार्फत दैनिक एक दर्जन स्टेमरबाट आवत जावत गर्ने गर्दछन् । व्यवसायिक रुपमै कालिगण्डकी जलयातायात र शालिग्राम जलयातायत मार्फत स्टेमर सञ्चालनमा आएका छन् । पैदल हिड्दा धेरै समय लाग्ने स्टेमरमा करिव ४५ मिनेटमै यात्रा गर्न सकिन्छ । शिला शालीग्राम कालिगण्डकी जलयातायात प्राली द्धारा संचालित १० वटा स्टेम्बरहरु संचालनमा रहेको स्टेमर ब्यबसायी रत्न बहादुर कुँवरले बताए । अनुसार मिर्मी देखी सेतिबेनी सम्म ७ किलोमिटर जलयात्राको १सय रुपैयाँमा प्रतिब्याक्ति लग्ने थापाले बताए ।शिला शालीग्राम कालिगण्डकी जलयातायात प्रालीद्धारा संचालित १० वटा स्टेमरहरु संचालनमा रहेको स्टेम्बर ब्यबसायी रत्न बहादुर कुँवरको भनाई छ । पहिले अन्य बिकल्पमा पनि यात्रा गर्ने माध्यम नहुँदा जलयातायात गर्नेको भिड लाग्ने गरेको स्थानिय निर्माण व्यवसायी रामजी ढकालले बताए । अहिले गुल्मी भेगका कालिगण्डकी करिडोरको बाटो भएर हिडने र पर्वत र स्याङजा तर्फबा यात्रु जलयाताबाट यात्रा गर्ने गर्नाले घटेको ढकालको भनाई छ । स्टेमर सेवा सुचारु भएपछि त्यसक्षेत्रका बासिन्दाले मालसामान ढुवानी समेत गर्दै आएका थिए ।त्यस क्षेत्रमा २०५६ देखि स्टेमरसेवा सञ्चालनमा आएको स्थानिय अगुवानेता टिकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको थियो । बाटो खुले सँगै हाल भने स्टिमरको यात्रा पर्यटकिय महत्वको यात्रा बनेको छ उनले भने, ‘त्यस सेवाबाट आर्थिक जिविको पार्जन गर्नेहरुलाई निकै फाइदा मिलेको थियो ।’ सेतीवेनी धार्मिकतासँगै बिश्वकै ठुलो शालिग्राम र मिर्मिमा नेपालकै ठुलो जलबिद्युत केन्द्र भएकाले पर्यटकिय गन्तव्यको रुपमा उक्त क्षेत्र रहिरहेको ढकालको भनाइ छ ।एक वर्षमा ३ महिना बाहेक अन्य ९ महिना स्टेमर चल्ने गर्दछ । एउटा स्टिमरमा झण्डै १ सय भन्दा वढी मानिहरु यात्रा गर्न सक्छन् । विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले पर्यटकसमेत स्टिमर चढेर त्यहाँ पुग्ने गर्दछन् । तिन जिल्लाको संगम स्थल सेतीबेनीमा स्टेमरसँगै पर्यटकको केन्द्र बिन्दु बनाउन त्यस क्षेत्रका गाउँपालिकाहरुले नयाँ योजनाहरु बनाउने तयारीमा रहेको गरेको छ स्टेमर यात्रा सँगै यसक्षेत्रको सालिग्रामलाई अन्तरी र बाह्य पर्यटकहरु भित्राउने गरि नितिगत योजनाहरु बनाएको कालिगण्डकी गाउँपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीले बताए ।

    Advertisement

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...