अर्घाखाँची। जिल्ला सदरमुकाममा तौल कमि गर्ने एक जना ब्यापारीलाई दुई लाख रुपैयाँ जरिवाना तिराईएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा सन्धिखर्क–२, चुत्राबेँसीमा शिवा किराना तथा भण्डारका सञ्चालन गर्दै आएका कपिलवस्तुका सञ्जयकुमार कलवारलाई रु दुई लाख जरिवाना तिराएको हो । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि रु दुई लाख रकम जरिवाना तिराएको हो । कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा एक किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५०० जरिवाना तिराएको टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिनुभयो ।कलवारले सन्धिखर्कका विभिन्न पसलमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा एक किलो घटाएर ४२५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई रु दुई लाख ५०० जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले दशैँको समयमा अनुगमन गरेर बरामद गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी रु ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ ।
तौल कमी गर्नेे व्यापारीलाई २ लाख जरिवाना
तौल कमी गर्नेे व्यापारीलाई २ लाख जरिवाना

Advertisement
तपाईको प्रतिक्रिया