कुनै पनि आपराधिक क्रियाकलापको अनुसन्धान गरी निष्कर्षमा पु¥याउने काम प्रहरीको हो । कानुनको निर्माण संसद्ले गरे पनि उक्त कानुनको कार्यान्वयन गर्ने गराउने काम प्रहरीबाटै शुरु हुन्छ । मुलुकमा कानुनी शासन कायम गर्न अन्य धेरै निकायको भूमिका भए पनि प्रहरी संगठन यसको प्रमुख अंग हो । अपराध अनुसन्धान र अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । यसै परिवेशमा प्यूठान प्रहरी प्रमुखको पदभार संहाली राखेका प्रहरी नायव उपरीक्षक नेरन्द्रकुमार कार्कीसँग प्युठानका बरिष्ट्र पत्रकार संजय रिजालले केहि दिन अघि गर्नुभएको बिस्तृत कुराकानीको सार संक्षेप।
यहाँ कहिलेदेखि प्रहरी सेवामा प्रवेश गर्नुभयो?
अहिले ३२ वर्ष पुगिसकेको छ । मेरो २ नं. प्रदेश धनुषा जिल्ला हाल काठमाण्डौमा ।
यहाँहरु चाडपर्वको वेला घरमा जानको लागि छुट्टि पाउनुहुन्न । चाडवाडमा परिवारसँग घुलमिल हुन नपाउँदा कस्तो महसुस हुन्छ ?
हामी जहाँ खटिन्छ त्यो पनि हाम्रो परिवार नै हो । व्यक्तिगत परिवार भन्दा पनि प्रहरी सेवामा लागिसकेपछि सामुहिक रुपमा चल्नुपर्ने हुन्छ । जसरी हामी जिल्ल प्रहरी कार्यालय तथा मातहत युनिटमा हामी प्रहरी कर्मचारी छौं । हाम्रो परिवार त्यही नै हो । अलि अलि मिस त हुन्छ नै मिस नहुने भन्ने कुरा हुन्न । अब हामीले प्रहरी संगठनमा जागिर खाइसकेपछि जनतालाई खुशी बनाउने हाम्रो अभिप्राय हो । प्रहरीको लक्ष्य नै त्यही हो । त्यसकारणले वानी पनि भैसक्यो । खासगरेर चाडपर्वको बेला घर जान नपाउँदा खासै नरमाइलो अनुभव हुन छाडिसक्यो ।
चाडपर्वमा हुने अपराधलाई नियन्त्रण गर्न यहाँहरुले के कस्ता रणनीतिहरु अवलम्वन गर्नुभएको छ?
सडक सुरक्षा हाम्रो चाहना, सुरक्षित यात्रामा सबैलाई शुभकामना भन्ने एउटा नारा नेपाल अधिराज्यका सतहत्तर वटै जिल्लामा सवारी साधन चल्ने ठाउँमा कार्यक्रम शुरु भएको छ।यो भनेको सवारी चालकहरुलाई सम्झाउने।तपाईको हातमा धेरै मान्छेहरुको जिन्दगी अडेको छ । धेरै जनाको खुशी तपाईसँग जोडिएको छ । त्यही भएर अलि बिस्तारैसँग, हतार नगरिकन, आप्mनो घरपरिवार पनि सम्झेर गाडी चलाउनुहोस् भनेर हामी कार्यक्रमहरु सञ्चालन गरेका छौं सबै बसपार्कहरुमा, सबै चेकिङ्ग प्वाइन्टहरुमा, गरिराखेका छौं । त्यसको कारणले पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ । प्यूठानवासीहरु अनुशासीत भएको कारणले यसमा राम्रो भएको देखे । काम गर्ने समयमै कुनै गल्ती भएपनि त्यो मान्छे दोहो¥याएर हामीकहाँ आएको छैन । त्यो मैलै एकदमै सकारात्मक पक्ष पाएको छुँ ।
अहिले कति जति स्थानमा त्यस्तो क्रियाकलापहरु गर्नुभएको छ ?
बाग्दुला, जुम्रि, प्रत्येक प्रहरी युनिटले आप्mनो अगाडि अथवा वस रोक्ने ठाउँहरुमा त्यहाँको स्थानीय प्रहरीले गरिराखेको छ। प्राय मुख्य सडकमा बसेका युनिटहरुबाट ।
विगतका वर्षहरुमा मदिराको अव्यवस्थित प्रयोग हुने र कुटपिटका घटनाहरु बढि हुन गरेको पाइन्थ्यो । यसको नियन्त्रणको लागि के कस्ता उपाय अपनाउनुभएको छ ?
कसैले व्यापार व्यवसाय गर्ने अधिकारमा हामीले हनन् गर्ने हामीले कुरा हुँदैन । तर उमेर नपुगेका मान्छेहरुलाई, तोकेको समयभन्दा पछिसम्म पसल खोलेर मदिराजन्य पदार्थ विक्री वितरण गरेकोलाई हामीले पहिलो चोटीलाई सम्झाउने हो । यो कस्तो हो भने हामीले नै कसैलाई फोर्स गरेर तैले यो काम गर्नुपर्छ भन्दा पनि हामीले आप्mनो नैतिक दायित्व । व्यक्तिगत रुपमा आप्mनो समाजप्रति दायित्व के हो त ? त्यो बुझेर नै काम गर्नु भनेर एकचोटी सम्झाउने । अनि सम्झाउँदा मान्नु भएन भने त्यसपछि एक्शन जाने भन्ने दोश्रो पक्ष हो । घरमा बसेर खानुहुन्छ । पारिवारिक मनोरञ्जन गर्ने कुरा उहाँहरुको व्यक्तिगत अधिकारको कुरा हो । कसैले व्यक्तिगत स्वतन्त्रता हनन् गर्न सक्दैन । नेपालमा रक्सी खान पाइदैन भन्ने छैन । तर मादक पदार्थ सेवक गरेर कसैलाई गाली बेइज्जत गर्नु भयो । सार्वजनिक स्थलमा होहल्ला गर्दै हिड्नुभयो । सडकमा दाइने वाया गरेर मापसे गरेर हल्लिदै हिड्नुभएको छ भने त्यसमाचाँहि हामी छाड्दैनौ । किनभने उहाँको कारणले गर्दाखेरी दुर्घटना बढ्न सक्छ । सवारी आप्mनो गतिमा हिडीराखेको बेला उहाँहरुले रक्सी खादै बाटोमा हल्लीदै जानुभयो भने त्यसलाई पनि हामी कारवाही गर्छौ ।
कुनै बेला प्रहरी भनेपछि सर्वसाधारण डराउने प्रवृत्ति समाजमा व्याप्त थियो । अहिले प्रहरीले आप्mनो छवी सुधार्न सर्वसाधारणसँग घुलमिल हुने विभिन्न कार्यक्रमहरु अगाडि बढाएको छ । यसको प्रभाव कस्तो पाउनुभएको छ ?
नेपाल प्रहरीमा वर्तमान आइजीपी आउनुभएपछि उहाँको विशुद्ध कन्सेप्ट अनुसार समुदाय प्रहरी साझेदारी भन्ने । यो साझेदारी कार्यक्रम हाम्रो हेडक्वाटरबाट नीतिगत रुपमै स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तह पलस नेपाल प्रहरी मिलेर नेपाल अधिराज्यका सबै नगरपालिका गाउँपालिकाहरुमा सबै प्रहरीका युनिटहरुले संयुक्त रुपमा सञ्चालन गर्दै छ । यसको लक्ष भनेको जस्तो तपाइले भनिहाल्नुभयो सर्वसाधारण प्रहरीसम्म आउन अलि हिचकिचाउँछन्। उहाँहरुको हिचकिचाहटपन पनि दूर होस् एउटा कुरा । अर्को कुरा समाजमा सबै कुरो प्रहरीले गरेर मात्र सम्भव छैन भन्ने कुरो तपाई हामी सबैले बुझेको कुरो हो । सर्वसाधारण पनि विना वर्दिका प्रहरी हुन् । भन्ने एउटा हाम्रो युनिभर्सल कन्सेप्ट छ । यस्तो राम्रो कन्सेप्टलाई किन क्यास नगर्ने ? प्रहरीको संख्या न्यून छ । समाजको शान्ति सुरक्षा कायम गराउन अपराध न्यून गराउन । घटेका अपराधहरुलाई कानूनी दायरामा ल्याउन समाज र प्रहरी सँगसँगै मिलेर जाऊ भनेर समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु भएको छ । प्रत्येक पालिकास्तरमा पालिका प्रमुख ज्यूको संयोजकत्वमा गठन हुन्छ । अनि वडा स्तरमा वडा अध्यक्ष ज्यू को संयोजकत्वमा एउटा समिति हुन्छ । यस्तै वडा भित्रको चार जना वडा सदस्यको संयोजकत्वमा फेरी अर्को चार वटा समूह हुन्छ । त्यसमा समन्वय गर्नलाई हाम्रो प्रत्येक प्रहरी युनिटबाट एकजना प्रहरी कर्मचारी खटाइएको छ । त्यो समितिले बैठक बस्ने, जस्तो वडा स्तरीय साझेदारी समितिको वैठक बस्यो भने उहाँहरुले आप्mनो वडाभित्र के कस्ता समस्याहरु छन् । त्यो समस्या निराकरण गर्न के कस्ता कार्यक्रम गर्ने र कहिले गर्ने भनेर उहाँहरुले आफै निर्णय गर्नुहुन्छ । अनि त्यो समस्या उपर तोकिएको समयमा अनि लक्षित समूह कुन चाहि हो । त्यो समूहसँग बसेर छलफल गर्ने, सचेतना कार्यक्रम गर्ने, अथवा कुनै ठाउँमा अपराधको घटना एकदमै भैराखेको छ । मान्छे पत्ता लगाउन गाह्रो भयो भने प्रहरीलाई सिसिटिभिको आवश्यकता पर्दछ । त्यो समितिले सिसिटीभी राख्न पहल गर्ने जस्ता काम गरिराखेको छ । यसको प्रमुख लक्ष्य भनेको समाजमा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरी मिलेर अगाडि बढ्ने हो । यसबाट अपराध सकभर हुन नपाउने स्थितिको सिर्जना गर्नु हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको केही समय भैसकेको छ । अहिलेसम्म समुदायबाट त्यस्तो सहयोग पाएको केही उदाहरण छ यहाँसँग ?
हाम्रो कार्यक्रम विद्यालयमा पनि शुरु हुन थालेपछि अहिले हामी बाटोमा हिड्दाखेरी प्रहरीहरु देख्दा बालबालिकाहरु अंकल भनेर बोलाउँछन् । पहिला तिनीहरु डराएर भाग्थे तिनीहरु अहिले हाम्रो प्रहरीको गाडी देखेपछि कुद्दै आएर अंकल भनेर जयनेपाल, सलाम गर्छन् हेर्नुस् है, यल्लाई हामीले कसरी लिने ? जस्तो पहिला बच्चा रोयो भने तँ धेरै नरो है म पुलिस अंकल बोलाइदिन्छु भन्ने समय थियो कुनै जमानामा तपाई हामीले सुनेको । तर अहिले तिनै बच्चा पुलिसको गाडी देखेपछि कुद्रदै अगाडि आएर जयनेपाल गर्दछन् । यसलाई सफलता मान्ने कि नमान्ने ? हामीले यो कार्यक्रम अन्तर्गत विद्यालयसँग पनि बसेर उहाँहरुसँग कुराकानी गर्छौ । समसामयिक विषयमा कुरा गर्छौ । जस्तो माध्यमिक तहको विद्यार्थीहरुलाई ‘प्रहरीसँग एक दिन’ कार्यक्रम छ । उहाँहरुलाई प्रहरीले कसरी काम गर्छ ? सामान्य झै झगडामा उहाँहरुसँग प्रहरीले कसरी ड्रिल गर्छ, प्रहरीले अफिस कसरी सञ्चालन गर्दो रहेछ भन्ने जानकारी गराउँछौ । त्यस्तै प्रहरीको व्यारेक कस्तो हुँदो रहेछ जस्ता यावत विषयमा छलफल होस् भनेर, हाम्रो विषयमा उनीहरुलाई पनि जानकारी होस् भनेर यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका हौ । प्रहरी भनेको अर्कै ग्रहको मान्छे होइनन् है हाम्रै समाजका मान्छे रहेछन् । उनीहरु सिष्टमले बस्दा रहेछन् । आदेशको श्रृंखला यो हुँदोरहेछ । काम गर्ने तौरतरिका यो हुँदो रहेछ । उनीहरुसँग हामी किन डराउने ? केही परेर प्रहरी युनिटमा पुगिहाले आपसी छलफलबाट समस्या समाधान हुँदो रहेछ । जस्ता कुराहरु बुझुन् भनेर यो कार्यक्रम लागु भएको छ । सर्वसाधारण केही प¥यो भने फोन गर्नुहुन्छ । नजिकै भयो भने कार्यालयमै आउनुहुन्छ । हरेक क्षेत्रमा हामीले यस्तो सकारात्मक असरहरु देखिरहेका छौं ।घरेलु हिंसाका उजुरीहरु प्रहरीमा एकदमै कम पर्छन् परिहाले पनि प्रहरीले सक्रियता देखाउँदैन भन्ने प्रहरीप्रति आरोप छ । यसलाई यहाँले कसरी हेर्नतथा जेष्ठ नागरिक सेवा केन्द्र भन्ने छुट्टै भवनै हाम्रो जिल्ला प्रहरी कार्यालमा देख्न सक्नुहुन्छ । अन्त पनि हाम्रो महिला सेल भनेर सबै युनिटमा छ । स्थानीय तहमा पनि अधिकार भएकोले अहिले धेरै कुरा न्यायीक समितिमा पुग्छ । न्यायीक समितिमा चित्त बुझेन वा उहाँहरुले म पुलिसमै जान्छु भनेर आएमा हामीकहाँ सम्वोधन नहुने भन्ने कुरा छैन । हामीले धेरै यो क्षेत्रमा काम गरेका छौं भन्ने हाम्रो अनुभव छ । यदि यस्तो घटना तपाईले बुझ्नुभयो भने हामीले सम्वोधन गरेकै पाउनुहुन्छ भन्ने मेरो बुझाई हो ।
प्रहरी ऐन २०१२ अहिले ६४ वर्ष पुगिसकेको छ । यो लामो अवधिमा नेपाल प्रहरीले विभिन्न आरोह अवरोध पार गरेको छ । बेलाबेलामा प्रहरी संगठन विवादमा पनि पर्ने गरेको छ । यसलाई थप व्यवसायीक र मर्यादित बनाउन यहाँको अनुभवमा के गर्नुपर्ला ?
यसलाई राम्रो गर्न सबै जना स्वअनुशासनमा बस्यो भने अटोमेटिक रुपमा राम्रो हुन्छ । यसमा जस्तो प्रहरीले के गर्ने ? समाजले के गर्ने ? सरकारले के गर्ने ? कसको कार्यक्षेत्र कति हो र उसले के गर्नुपर्ने ? सबैले सबैको सम्मान गरेर अरुको अधिकारको सम्मान गरेर स्वअनुशासित भएर चल्ने हो भने समस्या केही पनि आउँदैन । समस्या कुनै कुनै बेला आउने हुन् । यी गौण कुरा हुन् । यस किसिमका समस्याले ठूलो अर्थ राख्दैन ।प्रहरीलाई सुरक्षाका हिसावले असिमित अधिकार छन् । त्यो प्रयोग गर्न जनशक्ति तथा उपकरणको हिसावले विभिन्न चुनौतिहरु पनि देखिन्छ । यहाँले जागिरको अवधिमा के कस्ता चुनौतिहरु व्यहोर्नुभयो ?आजभोलि त्यस्तो समस्या छैन । जस्तो पहिला पहिला अलिकति हाम्रो समाज पनि अशिक्षित थियो । पुलिसमा हुने जनशक्तिमा पनि समस्या थियो । अधिकारका सन्दर्भमका कुरा गर्ने हो भने सबै ऐन कानुनले नै व्याख्या गरेको छ । अहिले त केही अधिकारहरु पालिकाहरुसँग पनि छन् । खाली प्रहरी भनेको समाजको लागि जन्मेदेखि मृत्यु सम्म हरेक ठाउँमा स्टेप स्टेपमा चाहिने भएर असिमित अधिकार भन्ने हो । अधिकार त अहिले सबैलाई बाडफाड भैराखेकोले हामीलाई मात्र असिमित अधिकार भन्ने अवस्था छैन । मानिसको सबभन्दा अत्यावश्यक कुरा भनेको शान्ति सुरक्षा हो । शान्ति सुरक्षामा हामी इन्भल्व हुने त्यो हुने हुनाले धेरै अधिकार जस्तो देखिएको हो । अहिले हामीले पाएको अधिकार मानव अधिकारको रक्षा गर्दै सर्वसाधारणलाई खुशी पार्दै अधिकार उपयोग गर्न नेपाल प्रहरी सक्षम छ । त्यस्तो हामीस तीतो अनुभव छैन अहिलेसम्म ।
अझै पनि प्रहरीहरु शिष्ट व्यवहार प्रदर्शन गर्दैनन् भन्ने सर्वसाधारणको आरोपमा केही सुधार भए पनि अझै यसको अन्त्य हुन सकेको छैन किन?
यसमा के छ भने जस्तो तपाईले पहिला आप्mनो हातको औला हेर्नुहोस् । त्यो पाँचवटै औला वरावर छैनन् । तपाई हामी एउटै आमा बुबाका छोराछोरी दाजुभाईको पनि स्वभाव फरक फरक हुन्छ । उचाई तौल फरक फरक हुन्छ । समाजमा जस्ता नराम्रा खालका चरित्र छन् । नेपाल प्रहरीमा पनि त्यस्ता खालका चरित्रहरु छन् । तर त्यो चरित्रलाई हामीले व्यवसायिक रुपमा ढाल्नका लागि विभिन्न तालिमहरु, सेमिनारहरु, आन्तरिक अभिमुखीकरणहरु उहाँहरुले दिइराखेका हुन्छौ । कतिपय कुराहरु वाइवर्थ आएका कुराहरु तत्काल परिवर्तन नहुने भएका कारण कहि कहि देखिएको छ । तर तपाईले पनि महसुस गर्नुभएको होला आजभन्दा ४ वर्ष अगाडिको प्रहरी र अहिलेको प्रहरीमा सुधार धेरै भएको छ । छिटपूट घटना भएको होला त्यस्तो डराउनै पर्ने खालको व्यवहार त ९९ प्रतिशत नै घटेको मेरो अनुभव छ ।
शान्ति सुरक्षाको विषयमा के भन्न चाहनुहुन्छ प्यूठानवासीलाई ?
सुरक्षाको दुष्टिकोणले हामी चौवीसै घण्टा खटेका छौं । तपाइहरुलाई शान्ति सुरक्षासँग सम्वन्धित समस्या प¥यो भने तपाईले जिल्ला प्रहरी कार्यालयका प्रत्येक युनिटहरुको नम्वर जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा पोष्ट गरिदिएका छौं । त्यो बाहेक उहाँहरुले पैसा नलाग्ने नम्वर पनि १०० छदैछ । अनि मैले जिल्लाको सूचना संपे्रषण अधिकारीको नम्वर पनि मैले त्यहाँ पोष्ट गर्दिएको छुँ । त्यहाँ पनि भएन भने मेरै नम्वर (९८५७८१५५५५) मा पनि यहाँहरुले फोन गर्न सक्नुहुन्छ ।