कामना डेली,प्युठान। झिमरुक नदिले बगाएर प्युठानमा एक किशोरीको मुत्यु भएको छ । प्युठान नगरपालिका– ७ टिकुरी बसपार्क नजिक झिमरुक नदिमा नुहाउन गएकी प्युठान नगरपालिका–८ दम्ति बस्ने बाबुराम केसीको १८ वर्षिय छोरी सबिना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए । किशोरीलाई नुहाउन लागेको स्थान देखी एक सय मिटर तल बगेको अबस्थामा स्थानियले भेटाएर उद्धार गरेका थिए । उद्धारपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा लगिएको थियो । केसीको उपचारकै क्रममा आईतबार दिउसो मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
Advertisement