टेकबहादुर पुन,देउखुरी। दाङ्गमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री (खुटी) निवासी ५२ बर्षिय भिम बहादुर थापा (बाबुराम) को रुखबाट खसेर मृत्यु भएको हो । डाले घाँस काट्न रुखमा चढेका थापा रुखबाट खसेर सक्त घाईँते भएका थिए । उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सक्रिय सदश्य हुन् । उनको देहान्तले सिँगो पार्टीलाई नै असर पुगेको महसुस गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही ७ नम्बर वडा कमिटीले दुख ब्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही ७ नम्बर वडा कमिटीका अध्यक्ष अोमराज गिरी सँगै सम्पुर्ण पदाधिकारीले हार्दिक श्रद्वाञ्जली पनि ब्यक्त गरेका छन् ।
Advertisement