घोराही । प्रहरीले आईतबार घोराहीको नयाँ बसपार्कबाट लागूऔषध सहित पाँचजनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही–१५ का प्रवीन विश्वकर्मा छन् ।उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थान बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
दाङमा लागूऔषध सहित पाँच जना पक्राउ
दाङमा लागूऔषध सहित पाँच जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया