कपिलवस्तु।पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् । कपिलवस्तुमा सामाजिक सद्भाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको लागि विगत १२ बर्ष देखि सराए खेलिदै आएको छ। पञ्चेबाजासहित खुकुरी, तरबार र खुडा नचाई एकआपसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ । कपिलवस्तुको चन्द्रौटामा विगत एक दशक यता विजया दशमीको त्रियादशीको दिन सराय नाच्न थालिएको हो । पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने फरक समुदायहरुमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास रहेको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष तारा पौडेल जानकारी दिनुभयो ।दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगी त्यहाँबाट फुलपाती लिएर पुनः बजार परिक्रमा गर्ने गरिन्छ । परिक्रमा पछि जवाई नदीमा फुलपाती सेलाएपछि विधि पुर्वक सराय नाच समापन गरिएको छ । विभिन्न समुदाय तथा जातजातिबीच सद्भावको विकासका लागि तराईमा पनि शुरु गरिएको सराय जात्रा समितिका सदस्य कमला भुषालको भनाई छ ।विभिन्न जिल्लाबाट बसाँइ सरेर आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैंको बेला नाच्ने सराय जात्राले धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने गरेको स्थनीयहरुको भनाई छ ।
कपिलवस्तुमा पनि निकालियो सराएं नाच
कपिलवस्तुमा पनि निकालियो सराएं नाच
Advertisement
तपाईको प्रतिक्रिया