कामना डेली, प्यूठान। दक्षिणि प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ मा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिए अनुसार दाङ तुलसीपुर ८ दुदेनाका २१ वर्षीय पोषण भण्डारीको शब माडी नदीको किनारामा मृत अवस्थामा फेला परेको थियो । भण्डारी प्रशिद्ध धार्मिक एवं पर्यटकिय स्थल स्वर्गद्धारी घुम्न भनि हिडेका थिए। भण्डारीको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
Advertisement