जन्मदिनको अवसरमा न्यानो कपडा बितरण

लोकेन्द्र सुनार,प्युठान। प्युठानको गौमुखी गाउपालिका ४ निवासी भरतमणी न्यौपानेले आफ्नो जन्मदिन अपाङ्ग बालबालिकासंग मनाएका छन् ।  उनले आफ्नो ३०औ जन्मोत्सवको अबसरमा राष्टिय अपाङ्ग सेवा सघं प्यूठानले संचालन गरेको आवास गृहका १० जना बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा ट्याक सुट बितरण गरेका छन । न्यौपानेले खलगांमा रहेको  संघको कार्यालयमा पुगेर बुधबार उनिलाई न्यानो कपडा प्रदान गरेका हुन।फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै अपाङ्ग बालबालिकाहरुलाई सहयोग पुगोस भनेर न्यानो कपडा वितरण गरेको न्यौपानेले बताए।अपाङ्ग बालबालिकाहरुसंग जन्मदिन मनाउँन पाउँदा आफु खुसी भएको उनले बताए ।राष्टिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिह केसीले अपाङ्ग बालबालिकाहरुलाई सहयोग गरेकोमा आभार व्यक्त गरे । २०७१ सालबाट सञ्चालनमा रहेको आवासलाई निरन्तर सञ्चालन गर्न कठीन रहेको र यसलाई सबै पक्षबाट सहयोगको खाँचो रहेको  बताए । अपाङ्ग बालबालिकालाई शिक्षाको पहुंचमा ल्याई समाजमा स्थापीत बनाउन खोजेको उनको भनाई थियो । 

 

 

 

 

 

 

 

 

 

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...