दाङमा चितुवाको छालासहित एक जना पक्राउ

सागर थापा,दाङ। चितुवाको छालासहित दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ वस्ने १९ वर्षका भिमप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई असोज १३ गते तुलसीपुर ६ विद्युत कार्यालय अगाडिबाट झोलामा चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ पक्राउ परेका विकमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको दाङ प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...