• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

दशैंको मुखमा पनि किन तातेन प्युठान बजार ?


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। आज घटस्थापना । दशैको पहिलो दिन । अब घर घरमा दशैं भित्रीसक्यो । तर यो बर्ष प्युठानका बजारमा भने दशैं भित्रिन नसकेको जिल्लाका व्यापारीहरुले बताएका छन्।दशैकाे लागि ब्यापार गर्ने भनी काठमाडौं र बुट्वल देखि फेन्सी,थान कपडा र कस्मेटिकका समान खरिदेका प्युठानका ब्यापारी बजारमा चहलपहल नबढेपछी निराश बनेका छन।जिल्लाको सवैभन्दा ठूलो र धेरै कारोबार हुने बाग्दुला बजारमा समेत गएका बर्ष झै चहलपहल छैन। नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ। बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, जुत्ता, चप्पल, कपडादेखि कस्मेटिक, चुरापोतेलगायतका पसल सानो गल्लीभित्र लहरै लागेका छन्।जिल्लाभरका ग्राहकको रोजाइँमा पर्ने यो बजार समेत दशै ढिप्किदाँ पनि गुल्जार बन्न सकेको छैन।ग्राहकले खचाखच भरिने प्युठानको बहाने, मच्छि, बाग्दुला, बिजुवार लगायतका स्थानमा पनि यो पटक त्यति चहलपहल बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । अन्य ठाउँहरु पनि सुनसान जस्तै छन् । दशैलाई लक्षित गरेर बजारमा ब्यापारीले सामान खरिद गरेर ल्याएपनि बजारमा गाउँदेखि मान्छे नझरेपछि ब्यापारमा कमी अाएकाे हाे ।प्युठानकाे ग्रामीण क्षेत्रमा सडक बिस्तारसंगै यातायातकाे सुबिधा पुगेपछि दशै मनाउन अाएका लाहुरेहरू समेत सिधै गाडी रिजर्भ गरेर जाने गरेको कारणले पनि ब्यापारमा कमि अाएकाे बाग्दुलाका सुनिल भेराइटिज एण्ड गिफ्ट हाउसका प्रोप्राइटर सुनिलदेब श्रेष्ठले बताए।’पोहोर देखि नै व्यापार घट्दो क्रममा छ ,केही बर्ष अघि सम्म पसलहरु भरिभराउ हुन्थे।’ श्रेष्ठले भने,’अब त गाउँमा सडक सुबिधा पुगेको छ ,बिदेशबाट आउनेहरु सिधै गाडी रिजर्भ नै गरेर घर जान्छ्न,’ उनी भन्छ्न ‘अनि व्यापार कहाँबाट होस त’ व्यापार घट्दै जाँदा अब सहरमा भाडा तिरेर ब्यापार गर्न नसिकिने अबस्था रहेको उनले सुनाए। बाग्दुलामै फैन्सीको पसल राखेका रहिमा अर्घाखाँची फेन्सी स्टोर्सका प्रोपाइटर जमालदिन मिया पनि यस बर्ष ब्यापार घटेको बताउछन् । जिल्लाका बजारमा महंगो घर भाडामा तिर्दै अाएका ब्यापारीहरू ब्यापार कम हुन थालेपछि ब्यबसाय गर्ने कि अर्को विकल्प राेज्ने भन्ने दुविधामा परेका छन् । बैक, सहकारी लगायतका बित्तिय संस्थाबाट ब्याजमा ऋण लिएर काम गर्दै अाएका ब्यबसायीलाई सावा र ब्याज तिर्न अहिले हम्मेहम्मे परेकाे छ । अहिले मानिसहरु सामान किन्नका लागि दसैं कुरेर नबस्ने ब्यापारीहरु बताउछन । उनले सामान्य रुपमा मानिसहरुले अहिले अन्य समयमा नै किनमेल गर्ने हुँदा दसैंमा अपेक्षित रुपमा व्यापार नभएको मियाँले बताए ।

    Advertisement

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...