टेकबहादुर पुन,लमही । दाङ्गको लमहीमा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाईते भएका छन ।पश्चिमबाट पुर्ब जाँदै गरेको रा २ प ४०१९ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा रा४प ७८५७ स्कुटिलाई ठक्कर दिँदा स्कुटी चालक कर्ण केसी घाईते भएका हुन् ।घाईते भालुबाङ्ग निवासी केसीको अहिले लमही अस्पतालमा उपचार भईरहेको अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन चन्दले जानकारी दिए ।
Advertisement