गुल्मी । पछिल्लो समय गुल्मीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । गत भदौदेखि ०७६ असारसम्म २४० सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता भएका छन् ।मुद्दा दर्ता गर्नेमा १४८ महिला र ९२ जना पुरुष रहेका छन् । ती मध्ये १७५ वटा फर्छ्यौट भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले बताए । ६५ वटा बाँकी छन् ।महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदको लागि झण्डै महिलाकै हाराहारिमा मुद्धा दर्ता गराएका छन् ।
Advertisement