काठमाडौं।चितवनमा आत्महत्या गरेका भनिएका नुवाकोटका चर्चित पत्रकार पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ ।पुडासैनीको रुँदै बोलिरहेको करिब ८मिनेटको भिडियो र अडियो टेप एक सञ्चारमाध्यमले सार्वजनिक गरिदिएको हो ।भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् । सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र त्यसका निर्माता दिपक बोहराले अत्यधिक मानसिक यातना दिएको पत्रकार पुडासैनीले भिडियोमा भनेका छन् ।प्रहरीले विधि विज्ञान प्रयोगशालामा उक्त भिडियो परिक्षणको लागि पठाएको थियो । रवि लामिछाने जस्तो भ्रष्टाचारी कोही नरहेको बताएका पुडासैनीले युवराज कँडेल, अस्मिता कार्कीको पनि नाम लिएका छन् ।उनले भिडियोमा यी तीन जना जस्तो अपराधी कोही नरहेको रुँदै रेकर्ड गरेको भिडियोमा भनेका छन्,‘मलाई मर्न बाध्य पार्ने रवि लामिछाने हुन्, नेपालको कानुनले कारबाही गरोस् । फाँसी नै भए पनि दियोस् ।’ पुडासैनी लामिछानेको टिमा सिधा कुरा जनतासँगमा कार्यरत थिए । पछिल्लो पटक उनी माउन्टेन टेलिभिजनमा मिसन न्युज संचालन गर्न पुगेका थिए । भिडियो नेपाल आजबाट
शालिकराम पुडासैनी आत्महत्या: मोबाईल भिडियो हेर्नुहोस।
शालिकराम पुडासैनी आत्महत्या: मोबाईल भिडियो हेर्नुहोस।

Advertisement
तपाईको प्रतिक्रिया