सागर थापा,दाङ। दाङ प्रहरीले ३ हजार ७ सय लिटर बराबर अवैध घरेलु मदिरा नष्ट गरेको छ। घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न बस्ती गाउँ टोलवाट नियन्त्रणमा लिएको घरेलु मदिरा प्रहरीले शुक्रबार नष्ट गरेको हो।वडा प्रहरी कार्यालय घोराहीले केही दिनयता घोराहीका विभिन्न क्षेत्र गाउँ टोलवाट नियन्त्रणमा लिएको २ सय लिटर मदिरा र ३ हजार ३ सय लिटर मदिरा बनाउनकालागि तयार पारिएको जाँड नियन्त्रणमा लिएर नष्ट गरेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शशी शर्माले बताएका छन्।वडा नं. १३ को सैलुङ टोलवाट एक हजार पाँच सय लिटर, घोराही वडा न.१८ रझेनाबाट एक हजार दुई सय लिटर, वडा न .१४ खोलीगाउँवाट चार सय लिटर र घोराही वडा न .१५ को भरतपुरवाट तीन सय लिटर बढि रक्सी बनाउनका लागि तयार पारिएको जाँड र मदिरा नियन्त्रणमा लिएको जानकारी दिए। त्यस्तै बजारका अन्य स्थानवाट मदिरा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।अवैध मदिराका कारण घरेलु हिंसाका घट्नाहरु बढ्ने भन्दै प्रहरीले घोराहीमा अवैध घरेलु मदिरा नियन्त्रणमा चासो दिएको छ। ‘समाजमा घरेलु हिंसा नियन्त्रण गर्नेका लागि प्रहरी मदिरा नियन्त्रणमा जोड दिएको छ’,वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख शर्माका अनुसार ‘पहिलो चरणमा दुई सय घरेलु मदिरा र ३३ सय लिटर मदिरा बनाउनका लागि तयार पारिएको पदार्थ (जाँड) नियन्त्रणमा लिएका नष्ट गरेका छौ।’ अवैध मदिरा नियन्त्रणलाई घोराहीमा अभियानका रुपमा अघि बढाइने समेत निरीक्षक शर्माले बताए।
दाङ प्रहरीद्धारा हजारौं लिटर घरेलु मदिरा नष्ट
दाङ प्रहरीद्धारा हजारौं लिटर घरेलु मदिरा नष्ट

Advertisement
तपाईको प्रतिक्रिया