• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

नदी बग्ने क्षेत्रमा सहर: झिमरुक नदी पुरानो बाटोमा फर्किए के होला ?


  •   मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
  • प्यूठान। १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान छ । तर, झिमरुक नदी २४ वर्षसम्म पनि पुरानो बाटोमा फर्केको छैन । हरेक वर्ष नयाँ बाटो बनाउँदै बगिरहेको छ । २४ वर्षअघि नदी बगेको ठाउँमा अहिले सहर बसेको छ । आजको कान्तिपुर दैनिकले प्युठानबाट गिरुप्रसाद भण्डारीले लेखेको समाचार पहिलो पृष्ठमा छापेको छ।पहिला नदी बग्ने क्षेत्रमा अहिले सहर बसेको छ । नदी फेरि पुरानो बाटोमा फर्किए के होला ? ०५१/५२ तिर झिमरुक नदी बगेको क्षेत्र देखेका स्थानीयवासी अहिले यही प्रश्न गर्छन् । अहिले प्यूठान नगरपालिकाको प्रशासकीय भवन रहेको ठाउँबाट २५ वर्षअघि नदी बगेको कार्कीडाँडाका ६९ वर्षीय गिरबहादुर कार्कीले बताए । ‘पहिले झिमरुक बग्ने बाटोमा बजार बसेको छ,’ उनले भने, ‘अहिले बगिरहेको ठाउँ हाम्रो पुर्जावाला खेत हो ।’झिमरुकले बाटो बदलेपछि प्यूठान नगरपालिका–४, बिजुवारस्थित झोलुंगे पुलको दक्षिणतर्फ ओदार्नेको रहसम्म रहेका किसानको खेतमा झिमरुक नदीले नयाँ बाटो बनाएको छ । नदीले बर्सेनि ४–५ मिटर बाटो फेर्ने गरेको उनले बताए ।‘०४४ सालमा नापनक्सा हुँदा नदी अर्कै ठाउँमा थियो,’ स्थानीय ओमबहादुर कार्कीले भने, ‘अहिले हाम्रो पुर्जावाल खेतबाटै बगेको छ ।’ नक्सामा नदी रहेको क्षेत्रमा नगरपालिकाको प्रशासकीय भवन, गणतान्त्रिक खेलकुद मैदानलगायत छन् । ‘खोलाले बाटो बदलेका कारण आफ्नै जग्गा पनि भोगचलन गर्न पाएका छैनौं,’ उनले भने, ‘पुर्जा हाम्रो हातमा छ तर खेतमा खोला बगेको छ ।’०४४ मा खोलाको भाग ७५ देखि सय मिटरको रहेको जिल्ला नापी कार्यालयले जनाएको छ । यो क्षेत्र नगरपालिका भवन, खेलकुद मैदान र हाल बन्दै गरेको वृद्धाश्रम वरिपरि रहेको कार्यालयका सूचना अधिकारी भोजराज भुसालले बताए । पहिले खोलो बग्ने क्षेत्र आसपास करोडौं रुपैयाँमा घरघडेरी किनबेच भइरहेको छ । निजी र सरकारी गरी अर्बौंको भौतिक संरचना निर्माण भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने स्थानीय वसन्त पोखरेलको सुझाव छ । झिमरुक नदी नियन्त्रण गर्न तटबन्धको काम सुस्त गतिमा भइरहेकाले वर्षायाममा स्थानीयवासी झस्किने गरेको उनले बताए ।०७३ साउन १० र ११ गते झिमरुक नदीमा ठूलो बाढी आयो । बाग्दुला, पुलचोकनजिक र बिजुवार खेलमैदान क्षेत्रमा फाँट कटान गर्‍यो । धन्न नदी पुरानो बाटोमा फर्केन । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिजुबारमार्फत बाग्दुला झोलुंगे पुलनजिक तटबन्ध गरेकाले केही राहत मिलेको स्थानीय वसन्त थापाले बताए । बाग्दुला पक्की पुलसम्म पूरै तटबन्ध नभए बाग्दुला बजार सुरक्षित नहुने उनले बताए ।‘नदी बर्सेनि अग्लिरहेको छ, खोला खतरा बन्दै छ,’ उनले भने, ‘नियन्त्रणका लागि राखिएको जाली दुई वर्षमै पुरियो ।’ उनले यहाँको गोर्खे कुलोनजिक विगतमा गरिएको तटबन्ध पुरिएकाले खोला पस्ने जोखिम बढेको बताए । बर्सेनि झिमरुक अग्लिएर फाँटको खेतसँग बराबर भएको बताउँदै उनले नदी बाग्दुला बजारको निकै नजिक पुगिसकेको सुनाए ।जिल्लामा पछिल्लो समय गाउँगाउँमा सडक पुर्‍याउने क्रममा बगेको माटोले झिमरुकमा बाढीसँगै माटोको लेदो आउने बाग्दुलाका ललित भण्डारीले बताए । ‘०७३ साउनमा झन्डै खोलो बाग्दुला पुलचोक बजारमा पस्यो,’ उनले भने, ‘अहिले पनि यहाँ जोखिम उत्तिकै छ ।’ विभिन्न ठाउँमा भन्दा एकै ठाउँबाट लगातार तटबन्ध थप्दै गए राम्रो हुने विपद् क्षेत्रमा जानकारी राख्ने टिकुरीका सञ्जय रिजालले बताए । ‘गाउँगाउँमा ६ मिटर चौडा सडक स्थानीय तहले खनेका छन्,’ उनले भने, ‘वातावरण प्रभाव मूल्यांकनबिना निर्माण गरेका सडकले धेरै पहिरो जान्छ ।’वातावरणीय अध्ययनबिना जथाभावी सडक खन्न एक्साभेटर, डोजर प्रयोग गर्दा समस्या आइरहेको वन डिभिजन कार्यालय प्यूठानका प्रमुख राजु क्षत्रीले बताए । भिरालो जमिन खन्ने र खोस्रने गर्नाले पहाडमा पहिरो जाने क्रम बढेपछि झिमरुक नदीले नोक्सानी बढी गर्ने उनको भनाइ छ ।झिमरुक नदीको सहायक खोला स्याउलीबाङ, लुङ, बल्ले, गर्तङ, चुदरी, खुङ, अग्लुङ, रजवारा र गौमुखीलगायत उपजलाधार क्षेत्रको कमजोर भूमिमा जथाभावी सडक खन्दा बाढीपहिरो आउने गरेको उनले बताए । ‘सडक निर्माण गर्दा जिल्लामा धेरै जंगल विनाश भएर खाली जमिन बढ्दै गएको छ,’ उनले भने, ‘खाली जमिनमा बढी पानी परे पहिरो गएर नदीमा बाढी आउँछ ।’

    Advertisement

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation