• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

नदी बग्ने क्षेत्रमा सहर: झिमरुक नदी पुरानो बाटोमा फर्किए के होला ?


  •   मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
  • प्यूठान। १२ वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान छ । तर, झिमरुक नदी २४ वर्षसम्म पनि पुरानो बाटोमा फर्केको छैन । हरेक वर्ष नयाँ बाटो बनाउँदै बगिरहेको छ । २४ वर्षअघि नदी बगेको ठाउँमा अहिले सहर बसेको छ । आजको कान्तिपुर दैनिकले प्युठानबाट गिरुप्रसाद भण्डारीले लेखेको समाचार पहिलो पृष्ठमा छापेको छ।पहिला नदी बग्ने क्षेत्रमा अहिले सहर बसेको छ । नदी फेरि पुरानो बाटोमा फर्किए के होला ? ०५१/५२ तिर झिमरुक नदी बगेको क्षेत्र देखेका स्थानीयवासी अहिले यही प्रश्न गर्छन् । अहिले प्यूठान नगरपालिकाको प्रशासकीय भवन रहेको ठाउँबाट २५ वर्षअघि नदी बगेको कार्कीडाँडाका ६९ वर्षीय गिरबहादुर कार्कीले बताए । ‘पहिले झिमरुक बग्ने बाटोमा बजार बसेको छ,’ उनले भने, ‘अहिले बगिरहेको ठाउँ हाम्रो पुर्जावाला खेत हो ।’झिमरुकले बाटो बदलेपछि प्यूठान नगरपालिका–४, बिजुवारस्थित झोलुंगे पुलको दक्षिणतर्फ ओदार्नेको रहसम्म रहेका किसानको खेतमा झिमरुक नदीले नयाँ बाटो बनाएको छ । नदीले बर्सेनि ४–५ मिटर बाटो फेर्ने गरेको उनले बताए ।‘०४४ सालमा नापनक्सा हुँदा नदी अर्कै ठाउँमा थियो,’ स्थानीय ओमबहादुर कार्कीले भने, ‘अहिले हाम्रो पुर्जावाल खेतबाटै बगेको छ ।’ नक्सामा नदी रहेको क्षेत्रमा नगरपालिकाको प्रशासकीय भवन, गणतान्त्रिक खेलकुद मैदानलगायत छन् । ‘खोलाले बाटो बदलेका कारण आफ्नै जग्गा पनि भोगचलन गर्न पाएका छैनौं,’ उनले भने, ‘पुर्जा हाम्रो हातमा छ तर खेतमा खोला बगेको छ ।’०४४ मा खोलाको भाग ७५ देखि सय मिटरको रहेको जिल्ला नापी कार्यालयले जनाएको छ । यो क्षेत्र नगरपालिका भवन, खेलकुद मैदान र हाल बन्दै गरेको वृद्धाश्रम वरिपरि रहेको कार्यालयका सूचना अधिकारी भोजराज भुसालले बताए । पहिले खोलो बग्ने क्षेत्र आसपास करोडौं रुपैयाँमा घरघडेरी किनबेच भइरहेको छ । निजी र सरकारी गरी अर्बौंको भौतिक संरचना निर्माण भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने स्थानीय वसन्त पोखरेलको सुझाव छ । झिमरुक नदी नियन्त्रण गर्न तटबन्धको काम सुस्त गतिमा भइरहेकाले वर्षायाममा स्थानीयवासी झस्किने गरेको उनले बताए ।०७३ साउन १० र ११ गते झिमरुक नदीमा ठूलो बाढी आयो । बाग्दुला, पुलचोकनजिक र बिजुवार खेलमैदान क्षेत्रमा फाँट कटान गर्‍यो । धन्न नदी पुरानो बाटोमा फर्केन । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिजुबारमार्फत बाग्दुला झोलुंगे पुलनजिक तटबन्ध गरेकाले केही राहत मिलेको स्थानीय वसन्त थापाले बताए । बाग्दुला पक्की पुलसम्म पूरै तटबन्ध नभए बाग्दुला बजार सुरक्षित नहुने उनले बताए ।‘नदी बर्सेनि अग्लिरहेको छ, खोला खतरा बन्दै छ,’ उनले भने, ‘नियन्त्रणका लागि राखिएको जाली दुई वर्षमै पुरियो ।’ उनले यहाँको गोर्खे कुलोनजिक विगतमा गरिएको तटबन्ध पुरिएकाले खोला पस्ने जोखिम बढेको बताए । बर्सेनि झिमरुक अग्लिएर फाँटको खेतसँग बराबर भएको बताउँदै उनले नदी बाग्दुला बजारको निकै नजिक पुगिसकेको सुनाए ।जिल्लामा पछिल्लो समय गाउँगाउँमा सडक पुर्‍याउने क्रममा बगेको माटोले झिमरुकमा बाढीसँगै माटोको लेदो आउने बाग्दुलाका ललित भण्डारीले बताए । ‘०७३ साउनमा झन्डै खोलो बाग्दुला पुलचोक बजारमा पस्यो,’ उनले भने, ‘अहिले पनि यहाँ जोखिम उत्तिकै छ ।’ विभिन्न ठाउँमा भन्दा एकै ठाउँबाट लगातार तटबन्ध थप्दै गए राम्रो हुने विपद् क्षेत्रमा जानकारी राख्ने टिकुरीका सञ्जय रिजालले बताए । ‘गाउँगाउँमा ६ मिटर चौडा सडक स्थानीय तहले खनेका छन्,’ उनले भने, ‘वातावरण प्रभाव मूल्यांकनबिना निर्माण गरेका सडकले धेरै पहिरो जान्छ ।’वातावरणीय अध्ययनबिना जथाभावी सडक खन्न एक्साभेटर, डोजर प्रयोग गर्दा समस्या आइरहेको वन डिभिजन कार्यालय प्यूठानका प्रमुख राजु क्षत्रीले बताए । भिरालो जमिन खन्ने र खोस्रने गर्नाले पहाडमा पहिरो जाने क्रम बढेपछि झिमरुक नदीले नोक्सानी बढी गर्ने उनको भनाइ छ ।झिमरुक नदीको सहायक खोला स्याउलीबाङ, लुङ, बल्ले, गर्तङ, चुदरी, खुङ, अग्लुङ, रजवारा र गौमुखीलगायत उपजलाधार क्षेत्रको कमजोर भूमिमा जथाभावी सडक खन्दा बाढीपहिरो आउने गरेको उनले बताए । ‘सडक निर्माण गर्दा जिल्लामा धेरै जंगल विनाश भएर खाली जमिन बढ्दै गएको छ,’ उनले भने, ‘खाली जमिनमा बढी पानी परे पहिरो गएर नदीमा बाढी आउँछ ।’

    Advertisement

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation