• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ९. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

उज्यालोको ‘गजल साँझ’-मा गुञ्जिए ‘रोदन” र ‘अगम'(भिडियो हेर्नुहोस)


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह। असारको महिना,बिहानै देखि परेको मुसलधारे झरिले मौसम पनि चिसो नै थियो। शुक्रवार साँझ सवा ६ बज्दै थियो । रुपन्देहीको देवदह नगरपालिका ७ स्थित होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा अघिल्ला दिनभन्दा माहोल बेग्लै थियो। मान्छेको भीड जम्मा हुँदै थियो । केहीबेरमै हल खचाखच भरियो । र, शुरु भयो गजल वाचनसँगै हुटिङ र वान्समोरको हल्ला ।साहित्यिक तथा सामाजिक कार्यमा अग्रसर युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र देवदह नगरपालिकाको सहयोगमा भएको गजल साझमा युवा पुस्तामाझ लोकपि्रय गजलकारहरुले गजल वाचन शुरु गरेसँगै देवदहको चीसो मौसम तातीन थाल्यो ।जति साँझ ढल्किँदै जान्थ्यो, माहोल उत्ति नै तात्तिएर आउँथ्यो । स्टेजको उज्यालो प्रकाशमा थिए गोर्खाका गजलकार प्रदिप रोदन र नवलपरासीका गजल गाएक सुवास अगम। रोदनको गजल बाचन र अगमको गायनलाई दर्शकले तिनलाई ताली बजाएर साथ दिन्थे, उनीहरु मुसुक्क हाँस्दै प्रेम, आग्रह, चोट, बिछोडदेखि प्रेमिकालाई गर्ने गन्थनसम्म लयमा ढाल्थे । गजल बाचन गर्थे यसरी शुक्रवार साँझ गजल पारखीलाई उनिहरुले अबेरसम्म आफ्नो गला र कलामा अल्झाए ।युवा गजलकार रोदनले हँसिलो भावमा जब गजल वाचन गर्न थाले, त्यसपछि गजलपारखीहरु उनलाई साथ दिँदै वान्समोर भन्न थाले ।उनले
    ‘तिमी अर्कैकी भयौ भन्ने खबर कानमा पर्यो,
    त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो ।
    पूरा भयो पराहरुको गुन्द्री बन्ने सपना
    जब चोट चोट खाएको हतासो तानमा पर्यो।’
    लगायतका गजलका शेर वाचन गरेर सहभागीलाई जुरुक्कै उचाले ।रोदनको गजलको यो अंशले सहभागीको मन झनै जित्यो अनि पाए लगातार वान्समोरको हुटिङ । गजल साँझको सबैभन्दा बढी आकर्षण बनेका प्रदीप रोदनको त्यो चेहरा उति हँसिलो नभए पनि गजलमा भने चमकदार सावित भए । त्यस्तै,गजल गायनमा अब्बल गायक सुवास अगमको प्रस्तुतिमा पनि गजलपारखीहरु उत्तिकै लोभिए, रमाए र झुमे । अगमले सुनाए-
    मातिएर दिन दाहाडै बबाल गर्न मन लाग्यो
    रक्सीको या गलती मेरो सवाल  गर्न मन लाग्यो।
    अगमले गाएन प्रस्तुतीलाई दर्शकहरुले उसै गरि साथ दिए । जति अगमको आवाज र गजलले सभाहल गुजिंयो, उति नै दर्शक दिर्घाबाट आएको “वान्स मोर, वान्स मोर”ले सभाहल गुजंयमान बन्यो । गजल साझँको महेफील फरक फरक दुई स्वादले जमिरहेको थियो । त्यस्मा अझ राम गुरागाई ( राम अतुल )को तबला र सुरज नेपालको इसराजले बजाएको मधुर धुनले उत्तिकै सुनमा सुगन्ध थप्यो । पछिल्लो समय साहित्यमा अगाडि बढ्दै गरेको देवदहमा गजल साझले माहोल तातेको छ । कार्यक्रममा प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता र देवदह नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी , शिक्षक, बिद्यार्थी तथा साहित्यप्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो ।उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य राजिब सापकोटाको अध्यक्षता रहेको गजल साँझ चन्दा पाठकको स्वागत र प्रेमा पराजुलीको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • २.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ५.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ७.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ८.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...