• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

उज्यालोको ‘गजल साँझ’-मा गुञ्जिए ‘रोदन” र ‘अगम'(भिडियो हेर्नुहोस)


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह। असारको महिना,बिहानै देखि परेको मुसलधारे झरिले मौसम पनि चिसो नै थियो। शुक्रवार साँझ सवा ६ बज्दै थियो । रुपन्देहीको देवदह नगरपालिका ७ स्थित होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा अघिल्ला दिनभन्दा माहोल बेग्लै थियो। मान्छेको भीड जम्मा हुँदै थियो । केहीबेरमै हल खचाखच भरियो । र, शुरु भयो गजल वाचनसँगै हुटिङ र वान्समोरको हल्ला ।साहित्यिक तथा सामाजिक कार्यमा अग्रसर युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र देवदह नगरपालिकाको सहयोगमा भएको गजल साझमा युवा पुस्तामाझ लोकपि्रय गजलकारहरुले गजल वाचन शुरु गरेसँगै देवदहको चीसो मौसम तातीन थाल्यो ।जति साँझ ढल्किँदै जान्थ्यो, माहोल उत्ति नै तात्तिएर आउँथ्यो । स्टेजको उज्यालो प्रकाशमा थिए गोर्खाका गजलकार प्रदिप रोदन र नवलपरासीका गजल गाएक सुवास अगम। रोदनको गजल बाचन र अगमको गायनलाई दर्शकले तिनलाई ताली बजाएर साथ दिन्थे, उनीहरु मुसुक्क हाँस्दै प्रेम, आग्रह, चोट, बिछोडदेखि प्रेमिकालाई गर्ने गन्थनसम्म लयमा ढाल्थे । गजल बाचन गर्थे यसरी शुक्रवार साँझ गजल पारखीलाई उनिहरुले अबेरसम्म आफ्नो गला र कलामा अल्झाए ।युवा गजलकार रोदनले हँसिलो भावमा जब गजल वाचन गर्न थाले, त्यसपछि गजलपारखीहरु उनलाई साथ दिँदै वान्समोर भन्न थाले ।उनले
    ‘तिमी अर्कैकी भयौ भन्ने खबर कानमा पर्यो,
    त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो ।
    पूरा भयो पराहरुको गुन्द्री बन्ने सपना
    जब चोट चोट खाएको हतासो तानमा पर्यो।’
    लगायतका गजलका शेर वाचन गरेर सहभागीलाई जुरुक्कै उचाले ।रोदनको गजलको यो अंशले सहभागीको मन झनै जित्यो अनि पाए लगातार वान्समोरको हुटिङ । गजल साँझको सबैभन्दा बढी आकर्षण बनेका प्रदीप रोदनको त्यो चेहरा उति हँसिलो नभए पनि गजलमा भने चमकदार सावित भए । त्यस्तै,गजल गायनमा अब्बल गायक सुवास अगमको प्रस्तुतिमा पनि गजलपारखीहरु उत्तिकै लोभिए, रमाए र झुमे । अगमले सुनाए-
    मातिएर दिन दाहाडै बबाल गर्न मन लाग्यो
    रक्सीको या गलती मेरो सवाल  गर्न मन लाग्यो।
    अगमले गाएन प्रस्तुतीलाई दर्शकहरुले उसै गरि साथ दिए । जति अगमको आवाज र गजलले सभाहल गुजिंयो, उति नै दर्शक दिर्घाबाट आएको “वान्स मोर, वान्स मोर”ले सभाहल गुजंयमान बन्यो । गजल साझँको महेफील फरक फरक दुई स्वादले जमिरहेको थियो । त्यस्मा अझ राम गुरागाई ( राम अतुल )को तबला र सुरज नेपालको इसराजले बजाएको मधुर धुनले उत्तिकै सुनमा सुगन्ध थप्यो । पछिल्लो समय साहित्यमा अगाडि बढ्दै गरेको देवदहमा गजल साझले माहोल तातेको छ । कार्यक्रममा प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता र देवदह नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी , शिक्षक, बिद्यार्थी तथा साहित्यप्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो ।उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य राजिब सापकोटाको अध्यक्षता रहेको गजल साँझ चन्दा पाठकको स्वागत र प्रेमा पराजुलीको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...