• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

आज मदन भण्डारीकाे जन्मदिन: यसरी भाषण गर्थे मदन


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • काठमाण्डौ –  चर्चित वामपन्थी नेता मदन भण्डारीको जन्मदिन शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।तत्कालीन नेकपा एमालेका पूर्व महासचिव भण्डारीको जन्मदिनको अवसरमा नेकपाका भातृ संगठन र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरेका छन् ।विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मनुुभएको हो। उहाको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकण गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ वा तत्कालीन नेकपा माओवादीले अघि सारेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ नेकपाको मार्गदर्शक सिद्धान्त बनाउने भन्ने विषयमा अहिले बहस भैरहेको छ । नेकपाले दुवै विचारधारालाई समेटेर नयाँ मार्गदर्शक सिद्धान्त बनाउने तयारी गरेको बताएको छ ।तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीले २०४७ साल चैत ५ गते काठमाण्डौको चाबहिलमा आयोजित सभामा गरेको बहुचर्चित सम्बोधनको अंश :अहिले कम्युनिष्ट भयो भन्दैमा कांग्रेसीहरुले आफ्ना नातेदारलाई समेत बोलाउन छोडेको छ । गाउँगाउँमा मान्छे मरे भने कांग्रेसीहरु कम्युनिष्ट मरे भन्दै मलामी जान छोडेको छ । एउटा कुरा के हो भने झिनो बहुमतले बनेको कांग्रेसको सरकार चिरञ्जीवी छ भन्ने कुराको भ्रम अब उनीहरुले पाल्न छोडे हुन्छ ।चाहे त्यो एकता केन्द्रको होस् या मसालको होस्, जसले यो देशमा कांग्रेसको एकाधिकारको विरोध गर्छ, जसले जनताको पक्षमा आवाज उठाउँछ, तिनीहरुप्रति हाम्रो नैतिक समर्थन हुन्छ ।नेपालको कांग्रेसको सरकार मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै कांग्रेसलाई निर्देशन दिने बाबुसाहेबलाई पनि तह लगाउन नेकपा एमाले तयार छ । नेपाली कांग्रेसको नीति राष्ट्रघाती छ र जनविरोधी छ । नेपाली काँग्रेसले यो देशको भूभाग विदेशहरुलाई बेचिरहेको छ । नेपाली कांग्रेसले पञ्चायतको छोरा जस्तो भएर काम गरिरहेको छ । पञ्चायतले ३० वर्षमा भन्दा धेरै दमन कांग्रेसले १० महिनामा गरेको छ ।अहिले कांग्रेसको सरकारले २५ हजार तिरेर मान्छे मारिरहेको छ । यदि २५ हजार तिरेर मान्छे मार्न पाइन्छ भने नेकपा एमाले पनि २५ हजार जम्मा गर्न हिच्किचाउने छैन । यदि त्यसो होइन भने मृतकको परिवारलाई सरकारले तत्काल १ लाख रुपैयाँ दिनुपर्छ ।यदि सरकारले जनपक्षीय काम गर्दैन भने गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीको कुर्सीमुनि राँको झोस्ने काम हामी गरिरहन्छौँ ।राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । राष्ट्रियता वा प्रजातन्त्रको भगवान भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठूला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नुपर्छ ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation