• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण

  • १०. प्युठान एसईईः नतिजामा सुधार,चार जीपीए भने शून्य

आज मदन भण्डारीकाे जन्मदिन: यसरी भाषण गर्थे मदन


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • काठमाण्डौ –  चर्चित वामपन्थी नेता मदन भण्डारीको जन्मदिन शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।तत्कालीन नेकपा एमालेका पूर्व महासचिव भण्डारीको जन्मदिनको अवसरमा नेकपाका भातृ संगठन र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरेका छन् ।विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मनुुभएको हो। उहाको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकण गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ वा तत्कालीन नेकपा माओवादीले अघि सारेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ नेकपाको मार्गदर्शक सिद्धान्त बनाउने भन्ने विषयमा अहिले बहस भैरहेको छ । नेकपाले दुवै विचारधारालाई समेटेर नयाँ मार्गदर्शक सिद्धान्त बनाउने तयारी गरेको बताएको छ ।तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीले २०४७ साल चैत ५ गते काठमाण्डौको चाबहिलमा आयोजित सभामा गरेको बहुचर्चित सम्बोधनको अंश :अहिले कम्युनिष्ट भयो भन्दैमा कांग्रेसीहरुले आफ्ना नातेदारलाई समेत बोलाउन छोडेको छ । गाउँगाउँमा मान्छे मरे भने कांग्रेसीहरु कम्युनिष्ट मरे भन्दै मलामी जान छोडेको छ । एउटा कुरा के हो भने झिनो बहुमतले बनेको कांग्रेसको सरकार चिरञ्जीवी छ भन्ने कुराको भ्रम अब उनीहरुले पाल्न छोडे हुन्छ ।चाहे त्यो एकता केन्द्रको होस् या मसालको होस्, जसले यो देशमा कांग्रेसको एकाधिकारको विरोध गर्छ, जसले जनताको पक्षमा आवाज उठाउँछ, तिनीहरुप्रति हाम्रो नैतिक समर्थन हुन्छ ।नेपालको कांग्रेसको सरकार मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै कांग्रेसलाई निर्देशन दिने बाबुसाहेबलाई पनि तह लगाउन नेकपा एमाले तयार छ । नेपाली कांग्रेसको नीति राष्ट्रघाती छ र जनविरोधी छ । नेपाली काँग्रेसले यो देशको भूभाग विदेशहरुलाई बेचिरहेको छ । नेपाली कांग्रेसले पञ्चायतको छोरा जस्तो भएर काम गरिरहेको छ । पञ्चायतले ३० वर्षमा भन्दा धेरै दमन कांग्रेसले १० महिनामा गरेको छ ।अहिले कांग्रेसको सरकारले २५ हजार तिरेर मान्छे मारिरहेको छ । यदि २५ हजार तिरेर मान्छे मार्न पाइन्छ भने नेकपा एमाले पनि २५ हजार जम्मा गर्न हिच्किचाउने छैन । यदि त्यसो होइन भने मृतकको परिवारलाई सरकारले तत्काल १ लाख रुपैयाँ दिनुपर्छ ।यदि सरकारले जनपक्षीय काम गर्दैन भने गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीको कुर्सीमुनि राँको झोस्ने काम हामी गरिरहन्छौँ ।राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । राष्ट्रियता वा प्रजातन्त्रको भगवान भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठूला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नुपर्छ ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • ५.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ६.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ७.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ८.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation