काठमाडौं।नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयले गर्दै आएको जय नेपाल कप फुटबल प्रतियोगिताको दोश्रो सँस्करन असार २६ गतेबाट सुरु हुने भएको छ। काठमाडौंको पुल्चोक क्याम्पसको खेल मैदानमा सुरु हुने दोश्रो जय नेपाल कप फुटबल प्रतियोगितामा पोखरा बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले मात्रै खेलमा सहभागी हुन पाउने जय नेपाल कप प्रतियोगिताका कोडिनेटर नन्द किशोर बमले जानकारी दिए। जय नेपाल कप प्रतियोगिताको बिजेता टिमले दुई लाख रुपैया सहित मेडल र ट्रफी प्राप्त गर्ने छ। त्यस्तै उपबिजेता टिमलाई एक लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने छ। खेल असार २६ गतेबाट सुरु भएर असार ३१ गतेसम्म चल्ने छ।
Advertisement