• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. दाङमै क्यान्सर उपचार सुरु

  • ८. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ९. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • १०. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

सक्षमता समाजशास्त्र


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • अन्नत यात्री।लोकसेवा आयोगले जेष्ठ १५ गते ठूलो संख्यामा विज्ञापन गरयो । सो विज्ञापन अहिले निकै विवादमा छ । संसदको शुसासन तथा राज्य व्यवस्था समितिले समेत यो विज्ञज्ञपन संविधान विपरित भएकोले रद्द गर्न निर्देशन दिएकोछ । विवादको चुरो कुरा संविधानको स्प्रटि र कानूनको सीमा नाघेर समावेशी समुहको कोटा घटाएकोमा हो । सामाजिक सञ्जालमा विभिन्न तरिकाबाट टिकाटिप्पटी, आरोप प्रत्यारोप र वहस भएको दखिन्छ । ती टिप्पणीको विष्लेशण गर्दा राज्यमा एकाधिकार जमाइरहेको शासक वर्ग खासमा बाहुनहरुले समावेशी समुहमा पर्ने वर्गहरुलाई क्षमता विहीन भनिरहेका छन । आफुहरु क्षमताले राज्य संरचनामा कब्जा जामाएको भन्दै दोहाइ दिइरहेका छन । उनीहरु विषेश क्षमतावान जाती अर्थात जन्मसिद्ध प्रभुको रुपमा प्रस्तुत भइरहेका छन । यस प्रकारको टिप्पणीले समावेशी समुहका कति पय युवाहरुको आत्मसम्मानमा चोट पुगेको दखिन्छ र उनीहरु हामीमा पनि क्षमता छ खुलामा लड्न तयार छौ भनिरहेका छन । उनीहरुले जति सुकै क्षमता भए पनि अहिलेको संरचना र शासकको नियतले साथ दिदैन भन्नेतिर ध्यान दिएको दखिदैन । यो वेला हाम्रो परम दायीत्य वृहत्त खोज र वहस गर्दै अधिकारको लागि लडनु हो । आज यो आलेख मार्फत वर्र्गीय समाजमा योग्यता र क्षमता कसरी निर्माण हुन्छ ? योग्यताको स्वीकार्यताको मापडण्ड के हो ? भन्ने विषयमा छोटा चर्चा गरिन्छ ।
    सैद्धान्तिक अबधारणा
    समाजशास्त्रमा क्षमता निर्माणको व्याख्या गर्ने मूलतः दुइवटा अबधारणा छन, एउटा प्रकार्यबादी अबधारणा जो इमाइल र्दुखाइम, मालिनोक्की र हर्वट स्पेन्सरबाट प्रतिपादन भएको हो । यो अबधारणा चाल्र्स डार्विनको विकासवादी सिद्धान्त र एल.यच. मोर्गनको उत्विकासवादी सिद्धन्तबाट निर्देशित छ । यसले व्यक्तिको क्षमता निर्माण होइन, चमात्कार वा देन हो भन्ने मान्यता राख्छ । अर्को माक्र्सवादी अबधारणा हो । माक्र्सले कुनै पनि व्यक्तिको क्षमता उसले गर्ने वस्तुसंगको अनतरक्रियाको प्रतिफल हो भनेको छन ।यसै सन्दर्भमा माक्र्सले भनेका छन सक्षमताको प्रर्दशन एउटा विचार मात्र हो । सर्वहारा वर्गले वुर्जुवा व्यवस्थापक र शासकहरु व्यक्तिगत क्षमताले उनीहरु शासन गर्न सक्ने भएका हुन भन्ने सोच्छन र हीनताभाव राख्छन जसले गलत चेतनाको विकासमा मद्दत गरेको छ । वास्तवमा क्षमताकाृ उत्पादन र स्वीकार्यता वर्गीय र जातीय छ । माक्र्सवादी अबधारणासंग नजीकको अर्को सांस्कृतिक पर्यवरणय सिद्धान्त पनि छ भने र अर्को मस्तिस्क अध्यन सिद्धान्त छ । मावन क्षमताको निर्माण सस्कृतिबाट हुन्छ भन्ने मान्यता सांस्कृतिक पर्यवरणीय सिद्धान्तको हो । उदाहारणको लागि माझीको मूल पेशा माछा मार्ने हो भने माझीका छोराछोरहिरुले जजिलै माछा मार्ने क्षमता आर्जन गर्न सक्छन । गन्दर्भको पेशा सारङ्गी बजाउने भएकोले उसका छोराछोरी पनि सजिलै सारङ्गी वजाउन सिक्छन । कामीका छोराछोरी फलामको काम सिक्छन, सुनारको सन्तानले सुनको काम सिक्छन । त्यसै गरि किसानका सन्तानले हलोफालोका काम सिक्छन । बाहुनको सन्तानले बेद पढन सिक्छन । छेत्रीका सन्तान सेनामा भर्ना हुन सिक्छन । जुलियन स्टेवार्ड र मावसर््न हेरिस यस सिद्धानतका व्यख्याता हुन ?त्यसै गरि मस्तिस्क अध्ययनको सिद्धानतले मानवको क्षमता गर्भदेखि आमाले भोगेको तनाव, आमाले पाएको सन्तुष्टी, पोषण र बाल्यकालमा पाएको सन्तुष्टी र पोषणले निर्धारण गर्दछ भन्छ । यो सिद्धान्तको व्याख्याता र्मागेड मिड हुन ।

    Advertisement

    क्षमताको उत्पादन र भ्रम
    म हरेक सवाललाई माक्र्सवादी आँखाबाट हेर्छु किन कि यसमा सत्यता छ यो वैज्ञानिक छ । वर्गीय समाजमा योग्यता र क्षमता पनि वर्गीय नै हुन्छ । क्षमताको स्वीकार्यता झनै वर्गीय हुन्छ । नेपालको सन्दर्भमा त यो जातीय छ । समाजको असमान र विभेदकारी संरचानामा फरकफरक जनशक्ति निर्माण गरिरहेको छ । मार्गेड मिडले भने जस्तै भूमिहीन सर्वहारा वर्ग, दलित, सीमानतकृत आदिवासी जनजाती र विपन्न मधेशीको अवस्था हेरौं । गर्भपति महिलाले कतिको आराम पाएको हुन्छ, कतिको पोषण पाएको हुन्छ । मधेशी दलितका बच्चाहरु सबै जसो कम तौलका जन्मन्छन किन ? दलित र कुमालका बच्चाहरु पढने विद्यालय कि कमजोर छन ? यस यो प्रश्नको हल नगरी केबद क्षमताको धाक लाउनेहरुको कडा प्रतिवाद गर्नु जरुरी छ । माक्र्सवादी समाजशास्त्रीहरु बोवल्क र गीन्टास ले क्षमता उत्पादनको एउटा प्रक्रियाको चक्र प्रस्तुत गरेको छन र कठित क्षमताको विधिलाई भ्रम भनेको छन । उनीहरुका अनुसार सामाजिक वर्गले शिक्षा पद्दतीको निर्धाण गर्छ, शिक्षा पद्दतिले स्कोरको निर्धारण गर्छ । स्कोर पद्दतिले फेरी नया शिक्षा पद्दतिको निर्धारण गर्छ र नया सामाजिक वर्गको निर्माण हुन्छ । यसरी घुमीफिरी शासक वर्गले एकाधिकार निर्माण गर्दछ । नेपालमा पनि त्यही भैरहेको छ । रुकुम सावकको शोभा गाविस वडा न.४ का हस्त वि.एम. कक्षा ७ देखि १० सम्म कहिल्यै सेकेन्ड भएनन । उनको कक्षामा ८० प्रतिशत विद्यार्थी वाहुन क्षेत्री थिए । २०५२ सालमा प्रथम श्रेणीमा एस.एल.सी पास गरे । कलेज पढ्न नसकेर अहिले उनी कतारमा छन । उनका समकक्षी अहिले अकिृत छन । यदि पढ्ने अवसर पाएको भए उनी अलिले डाक्टर हुन्थे । यदि वाहुनको जन्म सिद्ध क्षमता हुदो हो त हस्त कसरी फस्ट हुन्थे ? अर्का काँडा ७ का पञ्पसिङ्ग परियार पनि कक्षा १ देखि ९ सम्म प्रथम भए । दश कक्षामा पढ्दा बुवाको निधनले गर्दा पढाइ छुटयो अहिले साउदीमा छन । यी त उदाहारण मात्र हुन ? यस्ता हस्तहरु र पञ्चसिङ्गहरु लाखौं छन । नेपालमा निश्चित वर्ग र जातलाई क्षमता निर्माणमा अवसर दिइयो र अहिले सम्म बोवल्क र गीन्टासले भने जस्तै त्यही चक्र घुमिरहेको छ । यहाँ लोक सेवा आयोग नबन्दै सोझै कसैलाई बडा हाकिम बनाईयो कसैलाई सुब्बा बनाइयो, कसैलाई मुखिया । के दलितलाई कही वडा हाकिम बाएको उदाहारण छ ? हिजको जातीय व्यवस्थाको र सामाजिक वर्गका आधारमा त्यो अवसर बाहुनलाई दिइयो । ती अवसर पाएकाहरुले शिक्षा पद्दतिमा प्रभाव जमाए अनि कथित योग्ताको स्कोर खडा गरे । अहिलेको चक्रमा नया वर्ग निर्माण गरिरहेका छन र क्षमताको धाक दिइरहेका छन ।
    क्षमताको मापन र स्वीकार्यता
    शुत्रबारमात्र मन्त्रिपरिषले चार देशका लागि राजदुतमा सिफरिस गरेको छ । चार मध्ये तीन जना बाहुन एक जना शेर्पा । ती चारै जना कुटनीतिक क्षेत्रमा ख्याती प्राप्त व्यक्ति होइनन । राजनिितक विचारकै कुरा गर्ने हो भने पनि दहाल भन्ने त भरखर कांग्रेसबाट प्रवेश गरेका हुन । यत्तिको क्षमता राख्ने १०० भन्दा बढी दलित समुदायको व्यक्ति देखाइदिन्छु । मधेशी, जनजाती त कति कति । केही महिना अगाडी १८ जना न्यायधिश नियूक्त गरियो । के एक जना पनि दलित त्यत्तिको योग्यता पुगेको थिएन । २०४६ सालमा रुकुमको तत्कालिक पीपल गाविसको लागिम भन्ने गाउमा भीमबहादुर वि.क.ले एस.यल.सी पास गरि सोही गाँउको विद्यालयमा शिक्षक भए पछि गाँउका धेरै ठकुरीहरुले आफ्ना बाबालिकालाई कामीले पढाउने विद्यालयमा राख्दैनौ भने अर्कौ विद्यालयमा भर्ना गरे । प्यूठानकै डाम्री हेल्थपोष्ठमा दलित भएका कारण एक जना अनमीबाट सेवा लिएनन । जाती व्यवस्थाले क्षमताको वहिष्कार कसरी गर्छ भन्ने उदाहरण हुन यी । सवाल क्षमताको हुदै होइन । सवाल विदेभकारी जाती व्यवस्थाले सृजना गरेको विधि,संरचना र मानसिकताको हो । यसको भण्डाफोर गर्नैपर्छ । आज पहिलो कुरा दलित र पीछडिएको वर्गको लागि क्षमता उत्पादनको अवसरबाट वञ्चित गरिरहेको छ भने अर्को तिर मापन विधि निश्चित जातलाई फाइदा हुने गरि बनाएको छ । लोक सेवाले किन आदि कवि को हुन भनेर मात्र सोध्ने ? सार्कीले जुत्ता सिलाउदा प्रयोग गर्ने काट्ने हतियारलाई के भनिन्छ भनेर सोधोस त ? सारङ्गीका आविष्कारक कुन जाती हो भनेर किन नसोध्ने ? स्वीकार्यताको कुरा गर्ने हो भने झन उद्देक लागदो छ । गतसाल नेकपा विप्लव का नेता खड्गबहादुर विश्वकर्मा पक्राउ परे । उनलाई करोडौं चन्दा उठाएको कुरा आयो । छुद्र बाहुनहरुले सामाजिक सञ्जालमा डाङ्गा्र भनेर टिप्पणी गरे । अहिले उनकै स्तरका नेता हेमन्त प्रकाश वली प्रक्राउ परेका छन । कसैले उनलाई डाङ्गा्र भन्छ ? यो क्षमताको विच्छेदन र हिंसा हो । त्यसैले कथित क्षमतावानलाई खारेज गर्दै नयाँ क्षमताको निर्माण, मापन र स्वीकार्य विधिको निर्माणमा दलित, महिला, मधेशी, आदिवासी जानजाती र पीछडिएका क्षेत्री समेत एक जुट हुन जरुरी छ ।

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन
    प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना
    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
    गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      दाङमै क्यान्सर उपचार सुरु

    • २.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ३.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ४.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ५.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ७.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ८.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation