• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ३. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

सक्षमता समाजशास्त्र


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • अन्नत यात्री।लोकसेवा आयोगले जेष्ठ १५ गते ठूलो संख्यामा विज्ञापन गरयो । सो विज्ञापन अहिले निकै विवादमा छ । संसदको शुसासन तथा राज्य व्यवस्था समितिले समेत यो विज्ञज्ञपन संविधान विपरित भएकोले रद्द गर्न निर्देशन दिएकोछ । विवादको चुरो कुरा संविधानको स्प्रटि र कानूनको सीमा नाघेर समावेशी समुहको कोटा घटाएकोमा हो । सामाजिक सञ्जालमा विभिन्न तरिकाबाट टिकाटिप्पटी, आरोप प्रत्यारोप र वहस भएको दखिन्छ । ती टिप्पणीको विष्लेशण गर्दा राज्यमा एकाधिकार जमाइरहेको शासक वर्ग खासमा बाहुनहरुले समावेशी समुहमा पर्ने वर्गहरुलाई क्षमता विहीन भनिरहेका छन । आफुहरु क्षमताले राज्य संरचनामा कब्जा जामाएको भन्दै दोहाइ दिइरहेका छन । उनीहरु विषेश क्षमतावान जाती अर्थात जन्मसिद्ध प्रभुको रुपमा प्रस्तुत भइरहेका छन । यस प्रकारको टिप्पणीले समावेशी समुहका कति पय युवाहरुको आत्मसम्मानमा चोट पुगेको दखिन्छ र उनीहरु हामीमा पनि क्षमता छ खुलामा लड्न तयार छौ भनिरहेका छन । उनीहरुले जति सुकै क्षमता भए पनि अहिलेको संरचना र शासकको नियतले साथ दिदैन भन्नेतिर ध्यान दिएको दखिदैन । यो वेला हाम्रो परम दायीत्य वृहत्त खोज र वहस गर्दै अधिकारको लागि लडनु हो । आज यो आलेख मार्फत वर्र्गीय समाजमा योग्यता र क्षमता कसरी निर्माण हुन्छ ? योग्यताको स्वीकार्यताको मापडण्ड के हो ? भन्ने विषयमा छोटा चर्चा गरिन्छ ।
    सैद्धान्तिक अबधारणा
    समाजशास्त्रमा क्षमता निर्माणको व्याख्या गर्ने मूलतः दुइवटा अबधारणा छन, एउटा प्रकार्यबादी अबधारणा जो इमाइल र्दुखाइम, मालिनोक्की र हर्वट स्पेन्सरबाट प्रतिपादन भएको हो । यो अबधारणा चाल्र्स डार्विनको विकासवादी सिद्धान्त र एल.यच. मोर्गनको उत्विकासवादी सिद्धन्तबाट निर्देशित छ । यसले व्यक्तिको क्षमता निर्माण होइन, चमात्कार वा देन हो भन्ने मान्यता राख्छ । अर्को माक्र्सवादी अबधारणा हो । माक्र्सले कुनै पनि व्यक्तिको क्षमता उसले गर्ने वस्तुसंगको अनतरक्रियाको प्रतिफल हो भनेको छन ।यसै सन्दर्भमा माक्र्सले भनेका छन सक्षमताको प्रर्दशन एउटा विचार मात्र हो । सर्वहारा वर्गले वुर्जुवा व्यवस्थापक र शासकहरु व्यक्तिगत क्षमताले उनीहरु शासन गर्न सक्ने भएका हुन भन्ने सोच्छन र हीनताभाव राख्छन जसले गलत चेतनाको विकासमा मद्दत गरेको छ । वास्तवमा क्षमताकाृ उत्पादन र स्वीकार्यता वर्गीय र जातीय छ । माक्र्सवादी अबधारणासंग नजीकको अर्को सांस्कृतिक पर्यवरणय सिद्धान्त पनि छ भने र अर्को मस्तिस्क अध्यन सिद्धान्त छ । मावन क्षमताको निर्माण सस्कृतिबाट हुन्छ भन्ने मान्यता सांस्कृतिक पर्यवरणीय सिद्धान्तको हो । उदाहारणको लागि माझीको मूल पेशा माछा मार्ने हो भने माझीका छोराछोरहिरुले जजिलै माछा मार्ने क्षमता आर्जन गर्न सक्छन । गन्दर्भको पेशा सारङ्गी बजाउने भएकोले उसका छोराछोरी पनि सजिलै सारङ्गी वजाउन सिक्छन । कामीका छोराछोरी फलामको काम सिक्छन, सुनारको सन्तानले सुनको काम सिक्छन । त्यसै गरि किसानका सन्तानले हलोफालोका काम सिक्छन । बाहुनको सन्तानले बेद पढन सिक्छन । छेत्रीका सन्तान सेनामा भर्ना हुन सिक्छन । जुलियन स्टेवार्ड र मावसर््न हेरिस यस सिद्धानतका व्यख्याता हुन ?त्यसै गरि मस्तिस्क अध्ययनको सिद्धानतले मानवको क्षमता गर्भदेखि आमाले भोगेको तनाव, आमाले पाएको सन्तुष्टी, पोषण र बाल्यकालमा पाएको सन्तुष्टी र पोषणले निर्धारण गर्दछ भन्छ । यो सिद्धान्तको व्याख्याता र्मागेड मिड हुन ।

    Advertisement

    क्षमताको उत्पादन र भ्रम
    म हरेक सवाललाई माक्र्सवादी आँखाबाट हेर्छु किन कि यसमा सत्यता छ यो वैज्ञानिक छ । वर्गीय समाजमा योग्यता र क्षमता पनि वर्गीय नै हुन्छ । क्षमताको स्वीकार्यता झनै वर्गीय हुन्छ । नेपालको सन्दर्भमा त यो जातीय छ । समाजको असमान र विभेदकारी संरचानामा फरकफरक जनशक्ति निर्माण गरिरहेको छ । मार्गेड मिडले भने जस्तै भूमिहीन सर्वहारा वर्ग, दलित, सीमानतकृत आदिवासी जनजाती र विपन्न मधेशीको अवस्था हेरौं । गर्भपति महिलाले कतिको आराम पाएको हुन्छ, कतिको पोषण पाएको हुन्छ । मधेशी दलितका बच्चाहरु सबै जसो कम तौलका जन्मन्छन किन ? दलित र कुमालका बच्चाहरु पढने विद्यालय कि कमजोर छन ? यस यो प्रश्नको हल नगरी केबद क्षमताको धाक लाउनेहरुको कडा प्रतिवाद गर्नु जरुरी छ । माक्र्सवादी समाजशास्त्रीहरु बोवल्क र गीन्टास ले क्षमता उत्पादनको एउटा प्रक्रियाको चक्र प्रस्तुत गरेको छन र कठित क्षमताको विधिलाई भ्रम भनेको छन । उनीहरुका अनुसार सामाजिक वर्गले शिक्षा पद्दतीको निर्धाण गर्छ, शिक्षा पद्दतिले स्कोरको निर्धारण गर्छ । स्कोर पद्दतिले फेरी नया शिक्षा पद्दतिको निर्धारण गर्छ र नया सामाजिक वर्गको निर्माण हुन्छ । यसरी घुमीफिरी शासक वर्गले एकाधिकार निर्माण गर्दछ । नेपालमा पनि त्यही भैरहेको छ । रुकुम सावकको शोभा गाविस वडा न.४ का हस्त वि.एम. कक्षा ७ देखि १० सम्म कहिल्यै सेकेन्ड भएनन । उनको कक्षामा ८० प्रतिशत विद्यार्थी वाहुन क्षेत्री थिए । २०५२ सालमा प्रथम श्रेणीमा एस.एल.सी पास गरे । कलेज पढ्न नसकेर अहिले उनी कतारमा छन । उनका समकक्षी अहिले अकिृत छन । यदि पढ्ने अवसर पाएको भए उनी अलिले डाक्टर हुन्थे । यदि वाहुनको जन्म सिद्ध क्षमता हुदो हो त हस्त कसरी फस्ट हुन्थे ? अर्का काँडा ७ का पञ्पसिङ्ग परियार पनि कक्षा १ देखि ९ सम्म प्रथम भए । दश कक्षामा पढ्दा बुवाको निधनले गर्दा पढाइ छुटयो अहिले साउदीमा छन । यी त उदाहारण मात्र हुन ? यस्ता हस्तहरु र पञ्चसिङ्गहरु लाखौं छन । नेपालमा निश्चित वर्ग र जातलाई क्षमता निर्माणमा अवसर दिइयो र अहिले सम्म बोवल्क र गीन्टासले भने जस्तै त्यही चक्र घुमिरहेको छ । यहाँ लोक सेवा आयोग नबन्दै सोझै कसैलाई बडा हाकिम बनाईयो कसैलाई सुब्बा बनाइयो, कसैलाई मुखिया । के दलितलाई कही वडा हाकिम बाएको उदाहारण छ ? हिजको जातीय व्यवस्थाको र सामाजिक वर्गका आधारमा त्यो अवसर बाहुनलाई दिइयो । ती अवसर पाएकाहरुले शिक्षा पद्दतिमा प्रभाव जमाए अनि कथित योग्ताको स्कोर खडा गरे । अहिलेको चक्रमा नया वर्ग निर्माण गरिरहेका छन र क्षमताको धाक दिइरहेका छन ।
    क्षमताको मापन र स्वीकार्यता
    शुत्रबारमात्र मन्त्रिपरिषले चार देशका लागि राजदुतमा सिफरिस गरेको छ । चार मध्ये तीन जना बाहुन एक जना शेर्पा । ती चारै जना कुटनीतिक क्षेत्रमा ख्याती प्राप्त व्यक्ति होइनन । राजनिितक विचारकै कुरा गर्ने हो भने पनि दहाल भन्ने त भरखर कांग्रेसबाट प्रवेश गरेका हुन । यत्तिको क्षमता राख्ने १०० भन्दा बढी दलित समुदायको व्यक्ति देखाइदिन्छु । मधेशी, जनजाती त कति कति । केही महिना अगाडी १८ जना न्यायधिश नियूक्त गरियो । के एक जना पनि दलित त्यत्तिको योग्यता पुगेको थिएन । २०४६ सालमा रुकुमको तत्कालिक पीपल गाविसको लागिम भन्ने गाउमा भीमबहादुर वि.क.ले एस.यल.सी पास गरि सोही गाँउको विद्यालयमा शिक्षक भए पछि गाँउका धेरै ठकुरीहरुले आफ्ना बाबालिकालाई कामीले पढाउने विद्यालयमा राख्दैनौ भने अर्कौ विद्यालयमा भर्ना गरे । प्यूठानकै डाम्री हेल्थपोष्ठमा दलित भएका कारण एक जना अनमीबाट सेवा लिएनन । जाती व्यवस्थाले क्षमताको वहिष्कार कसरी गर्छ भन्ने उदाहरण हुन यी । सवाल क्षमताको हुदै होइन । सवाल विदेभकारी जाती व्यवस्थाले सृजना गरेको विधि,संरचना र मानसिकताको हो । यसको भण्डाफोर गर्नैपर्छ । आज पहिलो कुरा दलित र पीछडिएको वर्गको लागि क्षमता उत्पादनको अवसरबाट वञ्चित गरिरहेको छ भने अर्को तिर मापन विधि निश्चित जातलाई फाइदा हुने गरि बनाएको छ । लोक सेवाले किन आदि कवि को हुन भनेर मात्र सोध्ने ? सार्कीले जुत्ता सिलाउदा प्रयोग गर्ने काट्ने हतियारलाई के भनिन्छ भनेर सोधोस त ? सारङ्गीका आविष्कारक कुन जाती हो भनेर किन नसोध्ने ? स्वीकार्यताको कुरा गर्ने हो भने झन उद्देक लागदो छ । गतसाल नेकपा विप्लव का नेता खड्गबहादुर विश्वकर्मा पक्राउ परे । उनलाई करोडौं चन्दा उठाएको कुरा आयो । छुद्र बाहुनहरुले सामाजिक सञ्जालमा डाङ्गा्र भनेर टिप्पणी गरे । अहिले उनकै स्तरका नेता हेमन्त प्रकाश वली प्रक्राउ परेका छन । कसैले उनलाई डाङ्गा्र भन्छ ? यो क्षमताको विच्छेदन र हिंसा हो । त्यसैले कथित क्षमतावानलाई खारेज गर्दै नयाँ क्षमताको निर्माण, मापन र स्वीकार्य विधिको निर्माणमा दलित, महिला, मधेशी, आदिवासी जानजाती र पीछडिएका क्षेत्री समेत एक जुट हुन जरुरी छ ।

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • २.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ३.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ५.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ६.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ७.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ८.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation