सलिम अन्सारी, प्युठान। जिल्लाको सरुमारानी गाँउपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। सो कार्यक्रम अन्तरगत गाँउपालिकाले गाउपालिका भित्रका युवाहरुलाई रोजगारी समेत दिएको छ । रोजगारीको माग गर्दै फारम भरेका युवाहरु मध्ये अहिल पहिलो चरणमा १२० जना युवाहरुलाई रोजगारी दिइएको गाउपालिकाका पुर्वाधार बिकास समिती संयोजक चिन्त बहादुर सोमैले बताउनुभयो ।बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा गाउँपालिकाले प्रत्येक वडाबाट २०/२० जनाका दरले छनोट गरी युवालाई रोजगार दिन लागेको हो । रोजगार कार्यक्रमअन्तर्गत ६ वटा वडाका १ सय २० जनाले तीस दिन सम्म काम गर्न पाउनेछन् । गाउपालिकाको दररेट अनुसार प्रत्येक ज्यामीलाई दैनिक ६ देखि आठ सय रुपैयाँ सम्म ज्याला दिइने गाउँपालिकाका प्रशासकीय अधिकृत अमर ओलीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाँउपालिकामा कुल ३० लाख रुपैयाँ बजेट आएको छ। बेरोजगार युवाहरुले साना(साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, खानेपानी लगायतका क्षेत्रमा खटिएर काम गर्ने छन ।उनिहरुले बड्डडाडा जस्पुर सडकमा नाला बनाउने र हंसपुरको प्रभु सिचाई कुलो निर्माणको काम गरिरहेका छन। सरुमारानी गाउँपालिका १५ सय २० जनाले बेरोजगार सूचीमा नाम दर्ता गराएको रोजगार संयोजक अनुस्का महतोले बताउनुभयो।’ पहिलो चरणमा ६ वटा वडाबाट सात योजना छानेका छौ’ उहाले बेरोजगार युवाका लागि आवेदन परेका सबैलाई छनौट गरि रोजगारी प्रदान गरिने बताउनुभयो ।’छनोट भएकाहरुले गाउँपालिका भित्र तोकिएको ठाउँमा काम गर्ने छन । गाउँमै रोजगार पाएपछि स्थानीय युवा खुशी भएका छन् । पहिलो चरणमा सरुमारानी गाउँपालिकाका ५ र ३ नं वडाका बेरोजगार युवाले रोजगार पाएका हुन् ।
जिल्लाका अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन । प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ ।उनिहरुले आगामी असारको पहिलो हप्ता देखि नै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन हुने गरी तयारी थालिएको बताएका छन।जिल्ला भरीको आवेदनको संख्या दश हजारभन्दा बढी रहेको पाइएको छ । तर काम गर्न इच्छुक युवाको संख्या भने झण्डै चार हजार रहने अनुमान गरिएको छ ।
सरुमारानी गाउपालिकाले दियो १२० जनालाई रोजगारी
सरुमारानी गाउपालिकाले दियो १२० जनालाई रोजगारी

Advertisement
तपाईको प्रतिक्रिया