राम बहादुर बिश्वकर्मा,प्युठान । बिहिवार राति चट्याङ लागेर प्युठानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले ले चट्याङ लागेर प्युठानको गौमुखी गाउँ पालिका ५ खुंङ बस्ने ३४ बर्षिय पशुपति प्रसाद आचार्यको मृत्यु भएको जानकारी दिए । मृतक आचार्य स्थानीय जनसहयोगि आधारभुत विद्यालयका शिक्षक समेत रहेको स्थानीयले बताए। राति घरमा सुतिरहेको रहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो ।
Advertisement