काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले साेलुखुम्बुको एक प्रहरी चाैकीमा असफल आक्रमण गरेको छ । उनीहरुले ‘जनयुद्ध’ शैलीमा महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने असफल प्रयास गरेका हुन् ।मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लव समूहका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरीसकेकाले हतियार कब्जाको रणनीति असफल भएको उच्च स्रोतले जनाएको छ ।प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भीडन्त नभएपनि राति १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताइएको छ । प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए ।जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको छ। स्रोतका अनुसार प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको छ।सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले भने घटना सामान्य भएको दाबी गरे । उनले केही नभएको र सेना तथा प्रहरीको टोली पनि नआएको बताए । उनले विप्लव समूहका गतिविधि भने बढेको बताए ।जिप्रका सोलुले भने आक्रमणको प्रयास भएकाले थप मद्दत्त लिएर डीएसपी शर्माको टोली घटनास्थल पुगेको जनाएको छ । प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर साे आक्रमणको प्रयास भएको हो।घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढा रहेको छ । श्रोत दैनिक नेपाल
विप्लव समूहद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी आक्रमण, प्रहरीको थप टोली घटनास्थलमा
विप्लव समूहद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी आक्रमण, प्रहरीको थप टोली घटनास्थलमा
Advertisement
तपाईको प्रतिक्रिया