राम बहादुर बिश्वकर्मा,प्युठान। दुर्घटना न्यूनीकरणका लागि प्युठानमा सवारी साधन चालकको सडकमै आँखा परीक्षण गरिएको छ। जिल्ला ट्राफिक कार्यालय देविस्थान प्युठानले जिल्लाका राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधानका चालकको आँखा जाँच सुरु गरेको हो। आँखा बिशेषज्ञको टोली सडकमै खटाएर चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्ण बहादुर बिश्वकर्माले बताउनुभयो ।चालकको आँखा ठीक भए मात्रै सवारी र साधान सुरक्षित रहनको यस्तो गरिएको उहाको भनाई छ । सरुमारानी गाउपालिका २ दर्भानमा आईतबार भएको आँखा परिक्षण कार्यक्रममा स्थानीय बृद्धबृद्धा र सवारीचालक गरि जम्मा १ सय ४४ जनाको आँखा जाँच गरिएको छ। परीक्षणका क्रममा चालकको आँखामा जलबिन्दु,मोतिया बिन्दु, मासु पलाएकोलगायतका संक्रमण देखा परेको चिकित्सकहरुले बताएका छन्। समस्या भएका चालकलाई उपचार गराउन सल्लाह दिइएको छ । त्यसै गरि सुगर भए नभएको बारे समेत परिक्षण गरिएको थियो। आँखामा समस्या भएका बेला जुनसुकै समयमा पनि सवारी दुर्घटना निम्तिन सकिने भएकाले सचेत समेत पारेका बताईएको छ ।आँखा उपचार केन्द्र प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल र राप्ती मेडिकल हल दरभानको सहकार्यमा ट्राफिक प्रहरीले आँखा एवं सुगर रोग परिक्षण शिवीर संचालन गरेक्ल हो।
प्युठानमा चालकको आँखा जाँच गर्न सडकमै शिवीर(फोटो फिचर)
प्युठानमा चालकको आँखा जाँच गर्न सडकमै शिवीर(फोटो फिचर)
Advertisement
तपाईको प्रतिक्रिया