• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ४. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ५. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ७. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

पहाडको चुलीमा बाजा बज्ने ढुङ्गा ! यस्तो छ रोचक किंवदन्ती


  •   शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
  • म्याग्दि। प्रकृतिको बरदानको रुपमा रहेको बाजा ढुङ्गाको किंवदन्ती निकै रोचक छ । परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमती बाजा बजाउनेहरुले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान् प्रशन्न भएर उनीहरलाई वर माग्न लगाएका रहेछन् । बाजा बजाउनेहरुले सुनको बर मागे बमोजिम भगवान्ले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन सुकाइदिएछन् । खोला सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरुलाई बञ्चरोले सुनको ढिकमा एक पटक हान्नू र जति आउँछ त्यति लगेर जानू भन्ने आदेश दिएछन् ।खोला सुकेपछि बाजा बजाउनेहरुले एकपटक बञ्चरोले हानेछन् । त्यसो गर्दा सुनको सानो चोइटा आएछ । सुनको चोइटा सानो भएपछि उनीहरुले खोला सुकेको मौकामा पुनः अर्को पटक पनि बञ्चरोले हाने । यस पटक भगवान् क्रोधित भए र रुप्से खोलामा भीषण बाढी आयो । बाढीले त्यहाँ भएका सबै बाजा बजाउनेहरुलाई बगाएको र त्यहाँ रहेका नौमती बाजा भने यसै ढुङ्गामा बाजाको आकृतिमा बदलिएको मान्यता रहेको छ ।जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ ।ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ ।बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ ।ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुङ्गाको अवलोकनमा पुगेका बेनीका गोरखनाथ सुवेदीले बताए । ‘ढुङ्गाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला ? भन्ने लागेको थियो तर, साँच्चिकै दुरुस्तै सुनियो, यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरुको ओइरो लाग्ने सम्भावना छ’, सुवेदीले भने ।यो ढुङ्गामा पुग्न बेनी–जोमसोम सडकखण्डले समेटिएको काभ्रे गाउँदेखि झण्डै पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय रीता बरुवालले बताइन् ।‘बाजा बज्ने ढुङ्गा खोज्दै कहिलेकाहीँ पर्यटकहरु आउने गर्छन्, थोरैैलाई यस ढुङ्गाकाको आश्चर्यबारे जानकारी छ, यहाँसम्म पुग्ने सहज पदमार्गको व्यवस्था र बाजा बज्ने ढुङ्गाको प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढाउन सकिने हाम्रो विश्वास छ’, उनले भनिन् । उनका अनुसार, यस ढुङ्गामा खडेरी परेर पानी नपरेको समयमा स्थानीय बासिन्दाले पूजा गरी ढुङ्गा बजाएर पानी डाक्ने चलनसमेत रहेको छ ।ढुङ्गाको बाजा बजाउँदा पानी पर्ने मान्यताले वर्षातको समयमा यस ढुङ्गामा स्थानीय बासिन्दाले बाजा बजाउँदैनन् । बाजा ढुङ्गामा जाने पर्यटकहरु यस ढुङ्गाको अलौकिक कला र सङ्गीतबाट अचम्भित हुने गरेका छन् । प्राकृतिक भ्युटावरको रुपमा रहेको यस ढुङ्गाको टुप्पोमा पुगेर प्राकृतिक भू–बनोटको अवलोकनमा समेत उनीहरु रमाउने गर्छन् ।ढुङ्गाका बाजा बजाउन जानेहरुको लागि अहिले गाउँदेखि माथि जङ्गलसम्म सहज हिँड्डुल गर्ने बाटो भए पनि बाजा बज्ने भिरमा पुगेपछि भने साँघुरो डोरोमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताए ।

    Advertisement

    शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ४.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ५.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • २.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ३.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ७.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ८.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation