• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ६. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ७. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • ८. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • ९. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

  • १०. झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

पहाडको चुलीमा बाजा बज्ने ढुङ्गा ! यस्तो छ रोचक किंवदन्ती


  •   शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
  • म्याग्दि। प्रकृतिको बरदानको रुपमा रहेको बाजा ढुङ्गाको किंवदन्ती निकै रोचक छ । परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमती बाजा बजाउनेहरुले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान् प्रशन्न भएर उनीहरलाई वर माग्न लगाएका रहेछन् । बाजा बजाउनेहरुले सुनको बर मागे बमोजिम भगवान्ले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन सुकाइदिएछन् । खोला सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरुलाई बञ्चरोले सुनको ढिकमा एक पटक हान्नू र जति आउँछ त्यति लगेर जानू भन्ने आदेश दिएछन् ।खोला सुकेपछि बाजा बजाउनेहरुले एकपटक बञ्चरोले हानेछन् । त्यसो गर्दा सुनको सानो चोइटा आएछ । सुनको चोइटा सानो भएपछि उनीहरुले खोला सुकेको मौकामा पुनः अर्को पटक पनि बञ्चरोले हाने । यस पटक भगवान् क्रोधित भए र रुप्से खोलामा भीषण बाढी आयो । बाढीले त्यहाँ भएका सबै बाजा बजाउनेहरुलाई बगाएको र त्यहाँ रहेका नौमती बाजा भने यसै ढुङ्गामा बाजाको आकृतिमा बदलिएको मान्यता रहेको छ ।जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ ।ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ ।बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ ।ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुङ्गाको अवलोकनमा पुगेका बेनीका गोरखनाथ सुवेदीले बताए । ‘ढुङ्गाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला ? भन्ने लागेको थियो तर, साँच्चिकै दुरुस्तै सुनियो, यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरुको ओइरो लाग्ने सम्भावना छ’, सुवेदीले भने ।यो ढुङ्गामा पुग्न बेनी–जोमसोम सडकखण्डले समेटिएको काभ्रे गाउँदेखि झण्डै पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय रीता बरुवालले बताइन् ।‘बाजा बज्ने ढुङ्गा खोज्दै कहिलेकाहीँ पर्यटकहरु आउने गर्छन्, थोरैैलाई यस ढुङ्गाकाको आश्चर्यबारे जानकारी छ, यहाँसम्म पुग्ने सहज पदमार्गको व्यवस्था र बाजा बज्ने ढुङ्गाको प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढाउन सकिने हाम्रो विश्वास छ’, उनले भनिन् । उनका अनुसार, यस ढुङ्गामा खडेरी परेर पानी नपरेको समयमा स्थानीय बासिन्दाले पूजा गरी ढुङ्गा बजाएर पानी डाक्ने चलनसमेत रहेको छ ।ढुङ्गाको बाजा बजाउँदा पानी पर्ने मान्यताले वर्षातको समयमा यस ढुङ्गामा स्थानीय बासिन्दाले बाजा बजाउँदैनन् । बाजा ढुङ्गामा जाने पर्यटकहरु यस ढुङ्गाको अलौकिक कला र सङ्गीतबाट अचम्भित हुने गरेका छन् । प्राकृतिक भ्युटावरको रुपमा रहेको यस ढुङ्गाको टुप्पोमा पुगेर प्राकृतिक भू–बनोटको अवलोकनमा समेत उनीहरु रमाउने गर्छन् ।ढुङ्गाका बाजा बजाउन जानेहरुको लागि अहिले गाउँदेखि माथि जङ्गलसम्म सहज हिँड्डुल गर्ने बाटो भए पनि बाजा बज्ने भिरमा पुगेपछि भने साँघुरो डोरोमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताए ।

    Advertisement

    शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    • ६.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation