कामनाडेली, प्युठान। प्युठान स्वर्गद्वारी नगरपालिका -५ सारीका अशोक भण्डारी यतिबेला चर्चामा छन ।
६ वर्षको यति सानो उमेर मै सजिलै ट्याक्टर चलाएर उनी चर्चामा आएका हुन। पहाडको कच्ची बाटोमा समेत उनले सजिलै गाडी चलाएको देखेर सबै दङ्ग पर्छन। अशोकका बाबुको आफ्नै ट्याक्टर छ। स्थानिय दर्पण बिद्यासदनमा दुई कक्षामा अध्यनरत अशोकले लकडाउनको समयलाई सदुपयोग गर्दै ड्राईभरसंग ट्याक्टर चलाउन सिकेको बताए । उनी भन्छन,’ मैले ट्याक्टर चलाउन सिकेको एक बर्ष भयो ।’
अशोक आफैले टयाक्टर चलाएर धान पराल, गिट्टि ढुङ्गा चामल लगायतका सामान ढुवानीसम्मको काम गर्न थालेपछी सबै दङ्ग पर्ने गरेका हुन ।
उनका बाबु प्रशान्त भण्डारी आफ्नो छोराले सानो उमेरमै यति साहसका साथ् ट्याक्टर चलाएको देख्दा धेरै गर्भ महसुस गर्छन।
मेसिन र औजारमा रुचि भएका कारण छोरालाइ पाईलट बनाउने चाहना उनको छ । पढाइ पनि राम्रो भयो भने छोरोलाइ जे गरेर भएपनी पाईलट पढाएरै छोड्ने प्रशान्तले बताए ।
भिडियो हेर्नुहोस।
https://youtu.be/2nnKsvcUgKo