• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • सुरेशचन्द्र रिजाल, काठमाडौं। अनुसन्धान र खोजकर्ताहरूले विभिन्न समयका घटनाहरूलाई महत्त्वका साथ हेर्ने गर्दछन् । यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरुले पनि यस्ता घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन गरिएका हुन्छन् । पृथ्वीमा घट्ने हरेक प्रकारका साना तथा ठुला घटनाहरूको पछाडि खगोलीय अवस्था पनि जोडिएको हुन्छ । विश्वमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरूको पनि प्रमुख भूमिका रहने ज्योतिषीहरूले जानकारी गराएका छन् ।

    Advertisement

    ज्योतिष शास्त्रमा अङ्क विज्ञानको पनि प्रमुख महत्त्व रहिआएको छ। हरेक अङ्कले ग्रहहरूलाई नियममा राख्न मद्दत गरिरहेको हुन्छ । राहु र केतु ग्रहलाई छाडेर बाकी सात ओटा ग्रहहरूको आधारमा ब्रह्माण्डीय संरचना निर्माण भएको हाे । सात ओटा ग्रहको नामले बारको रचना भएको छ, जुन विश्वका हरेक देशमा यहीँ नियममा दिनचर्या सुचारु हुन्छ। देशमा पछिल्लो पटक २०७७ सालको सुरुवाती समयदेखि नै देशको राजनीतिमा एक प्रकारको तरङ्ग ल्याइदिएको थियो ।
    विक्रम संवत् २००७, २०१७, २०२७, २०३७, २०४७, २०५७, २०६७ र २०७७ मा हरेक प्रकारका घटनाका पछाडि वर्षको अन्त्यमा सात अङ्कसँग जोडिएकाले सर्वत्र चासो देखिएको हो । ज्योतिषमा सात नम्बर लाई शक्तिशाली नम्बरको रूपमा हेरिने गरेको छ । सात जना ऋषिहरूको समूहलाई सप्त ऋषि भनेर शक्तिका रूपमा पूजा गरिन्छ । ठूलाठूला नदीहरूको समूह मिसिएर बनेकोलाई सप्त सागरका रूपमा मानेर पूजा गरिनु, बारको हिसाबले पनि अन्तिममा सात बारसम्म मात्रै हुनु आदिले गर्दा पनि खगोल शास्त्रमा सात नम्बरको महत्त्व विशेष रूपमा हेरिने गरेको छ।

    बि.सं २००७ सालमा पनि अन्तिममा सात अङ्क आएको छ, २०७७ सालमा पनि व्यापक राजनीति परिवर्तन भयाे ।विशेष गरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन सात गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए

    अङ्क सात शुक्र ग्रहले प्रतिनिधित्व गर्ने भएकाले शास्त्रमा शुक्र ग्रहलाई भोग, विलास, यश, आराम, नाट्य कला, चतुर्‍याइँ आदिको प्रतिनिधित्व गर्ने ग्रहको रूपमा शुक्र ग्रहलाई लिने गरिन्छ । जुन राक्षसहरूको गुरुका रूपमा पनि पूजा गर्ने गरिन्छ, यस्तो शक्तिशाली ग्रहले सञ्चालन गर्ने सात अङ्क अन्तिममा आउँदा देशमा कस्ता कस्ता राजनीति परिवर्तन भएका छन् ज्योतिषी विश्लेषण ।

    बि.सं २००७ सालमा पनि अन्तिममा सात अङ्क आएको छ, यस सालमा पनि देशमा राजनीति परिवर्तन भएको थियो ।विशेष गरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन सात गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए ।

    २००७ सालको आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलन भनेर पनि भन्ने गरिएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नेतृत्वमा नयाँ दिल्लीमा राणा, नेपाली कङ्ग्रेस तथा राजाबिच त्रिपक्षीय सम्झौता भएपछि उक्त आन्दोलन रोकिएको थियो । २००७ साल पनि नेपाली राजनीतिमा ऐतिहासिक रूपमा लिइएको छ ।

    २०१७ सालको राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रजातन्त्र विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए ।२०२७ सालमा नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो । २०३७ साल वैशाख २० गते नेपालमा अर्को राजनीति घटना भएको थियो । उक्त समयमा बहुदलीय व्यवस्था अथवा सुधारिएको पञ्चायती व्यवस्था भन्ने बारे जनमतसंग्रह भएको थियो । यसले पनि नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको थियो ।

    २०३७ सालमै नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेपालको संविधान २०४७ जारी भएको थियो । यसै गरी २०५७ सालमा कृष्ण प्रसाद भट्टराईको राजीनामापछि गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

    यसपछि २०६७ मा काँग्रेसका एक मात्र जीवित संस्थापक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनको निधन भयो । यसपछि २०७७ साल लागेसँगै राजनीतिमा तरङ्ग पैदा सुरुभएकाे थियो । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राजनीतिक दल तथा संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गराएपछि राजनीतिमा तरङ्ग पैदा गराएको हो । २०७७ पुस ५ मा पुनः अर्को राजनीति दुर्घटनामा हुन पुग्यो र अहिलेसम्म प्राप्त उपलब्धिलाई गुमाउनुपर्ने अवस्था आएको छ । फेरिपनि २०७८ साल वैसाख २७ गतेकाे राजनीति तरङ्गलाई लिएर सर्वत्र चासाे भैरहेकाे छ । उक्त दिनमा पनि अन्तिमा ७ नै आएकाले विशेष रुपमा हेरिएकाे छ ।

    लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरले तीन दिन पछि फिर्ता गर्‍यो सामान
    प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा ( भिडियो हेर्नुहोस)
    एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
    नब्याएको बाच्छीले दूध दिन थालेपछि…
    एक महिलाले एकै पटक पाँच शिशुको जन्म दिइन् 
    दर्जनौं मयूरहरु नाच्दा सकडै जाम 

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation