नेपालकाे इतिहासमा अन्तिममा ७ अंकको इतिहास, वैसाख २७ मा पुनः अर्काे परिवर्तन

सुरेशचन्द्र रिजाल, काठमाडौं। अनुसन्धान र खोजकर्ताहरूले विभिन्न समयका घटनाहरूलाई महत्त्वका साथ हेर्ने गर्दछन् । यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरुले पनि यस्ता घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन गरिएका हुन्छन् । पृथ्वीमा घट्ने हरेक प्रकारका साना तथा ठुला घटनाहरूको पछाडि खगोलीय अवस्था पनि जोडिएको हुन्छ । विश्वमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरूको पनि प्रमुख भूमिका रहने ज्योतिषीहरूले जानकारी गराएका छन् ।

ज्योतिष शास्त्रमा अङ्क विज्ञानको पनि प्रमुख महत्त्व रहिआएको छ। हरेक अङ्कले ग्रहहरूलाई नियममा राख्न मद्दत गरिरहेको हुन्छ । राहु र केतु ग्रहलाई छाडेर बाकी सात ओटा ग्रहहरूको आधारमा ब्रह्माण्डीय संरचना निर्माण भएको हाे । सात ओटा ग्रहको नामले बारको रचना भएको छ, जुन विश्वका हरेक देशमा यहीँ नियममा दिनचर्या सुचारु हुन्छ। देशमा पछिल्लो पटक २०७७ सालको सुरुवाती समयदेखि नै देशको राजनीतिमा एक प्रकारको तरङ्ग ल्याइदिएको थियो ।
विक्रम संवत् २००७, २०१७, २०२७, २०३७, २०४७, २०५७, २०६७ र २०७७ मा हरेक प्रकारका घटनाका पछाडि वर्षको अन्त्यमा सात अङ्कसँग जोडिएकाले सर्वत्र चासो देखिएको हो । ज्योतिषमा सात नम्बर लाई शक्तिशाली नम्बरको रूपमा हेरिने गरेको छ । सात जना ऋषिहरूको समूहलाई सप्त ऋषि भनेर शक्तिका रूपमा पूजा गरिन्छ । ठूलाठूला नदीहरूको समूह मिसिएर बनेकोलाई सप्त सागरका रूपमा मानेर पूजा गरिनु, बारको हिसाबले पनि अन्तिममा सात बारसम्म मात्रै हुनु आदिले गर्दा पनि खगोल शास्त्रमा सात नम्बरको महत्त्व विशेष रूपमा हेरिने गरेको छ।

बि.सं २००७ सालमा पनि अन्तिममा सात अङ्क आएको छ, २०७७ सालमा पनि व्यापक राजनीति परिवर्तन भयाे ।विशेष गरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन सात गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए

अङ्क सात शुक्र ग्रहले प्रतिनिधित्व गर्ने भएकाले शास्त्रमा शुक्र ग्रहलाई भोग, विलास, यश, आराम, नाट्य कला, चतुर्‍याइँ आदिको प्रतिनिधित्व गर्ने ग्रहको रूपमा शुक्र ग्रहलाई लिने गरिन्छ । जुन राक्षसहरूको गुरुका रूपमा पनि पूजा गर्ने गरिन्छ, यस्तो शक्तिशाली ग्रहले सञ्चालन गर्ने सात अङ्क अन्तिममा आउँदा देशमा कस्ता कस्ता राजनीति परिवर्तन भएका छन् ज्योतिषी विश्लेषण ।

बि.सं २००७ सालमा पनि अन्तिममा सात अङ्क आएको छ, यस सालमा पनि देशमा राजनीति परिवर्तन भएको थियो ।विशेष गरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन सात गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए ।

२००७ सालको आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलन भनेर पनि भन्ने गरिएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नेतृत्वमा नयाँ दिल्लीमा राणा, नेपाली कङ्ग्रेस तथा राजाबिच त्रिपक्षीय सम्झौता भएपछि उक्त आन्दोलन रोकिएको थियो । २००७ साल पनि नेपाली राजनीतिमा ऐतिहासिक रूपमा लिइएको छ ।

२०१७ सालको राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रजातन्त्र विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए ।२०२७ सालमा नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो । २०३७ साल वैशाख २० गते नेपालमा अर्को राजनीति घटना भएको थियो । उक्त समयमा बहुदलीय व्यवस्था अथवा सुधारिएको पञ्चायती व्यवस्था भन्ने बारे जनमतसंग्रह भएको थियो । यसले पनि नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको थियो ।

२०३७ सालमै नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो । २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेपालको संविधान २०४७ जारी भएको थियो । यसै गरी २०५७ सालमा कृष्ण प्रसाद भट्टराईको राजीनामापछि गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

यसपछि २०६७ मा काँग्रेसका एक मात्र जीवित संस्थापक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनको निधन भयो । यसपछि २०७७ साल लागेसँगै राजनीतिमा तरङ्ग पैदा सुरुभएकाे थियो । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राजनीतिक दल तथा संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गराएपछि राजनीतिमा तरङ्ग पैदा गराएको हो । २०७७ पुस ५ मा पुनः अर्को राजनीति दुर्घटनामा हुन पुग्यो र अहिलेसम्म प्राप्त उपलब्धिलाई गुमाउनुपर्ने अवस्था आएको छ । फेरिपनि २०७८ साल वैसाख २७ गतेकाे राजनीति तरङ्गलाई लिएर सर्वत्र चासाे भैरहेकाे छ । उक्त दिनमा पनि अन्तिमा ७ नै आएकाले विशेष रुपमा हेरिएकाे छ ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...