राम बहादुर बि.क,प्युठान । प्रहरी र जनप्रतिनिधिको सक्रियतामा पछिल्लो समय प्युठानका विभिन्न ठाउँमा बाल बिबाह रोक्ने कार्य भैरहेका छन् ।
हालै प्युठान नगरपालिका मरन्ठाना प्रहरी चौकिको सक्रियतामा बालबिबाह रोकिएको छ ।
झिमरुक गाउँपालिका वडा न ६ तोरबाङका २५ बर्षिय युवा र प्युठान नगरपालिका ९ मरेङ निवासि १७ बर्षिया बालिकाको बालबिबाह रोकिएको हो ।
उनिहरुको उमेर नपुग्दै हुन लागेको बालबिबाह रोकिएको हो।
बालक्लब, वडा समिति तथा स्थानीय तहले समेत बालबिबाह, सामाजिक कुप्रथा र अन्धबिश्वासको अन्त्यको लागि नीति बनाई कार्यान्वयन गरीसकेकाले कानून विपरीत काम गर्नेलाई कारबाही गरिने मरन्ठाना प्रहरी चौकी इन्चार्ज टीका कुवरले बताउनु भयो ।
प्रहरीको एक्लो प्रयासले मात्र बाल विवाह नरोकिने भएकाले यसमा सबैको समन्वय हुनुपर्ने बताउनुभयो ।
नेपालको कानुनले बाल विवाहलाई निषेध गरे पनि सातदेखि १३ वर्षको उमेरभित्रै विवाह बन्धनमा बाँधिएका धेरै बालिका विवाहको अर्थ पनि नबुझेको तर आफू जवरजस्त बन्धनमा परेको सरोकारवाला को गुनासो गर्छन् ।