• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

प्रक्रिया पूरा नहुँदै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा ॥


  •   सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
  • कपिलबस्तु -जिल्लाको मायादेवी गाउपालिकालाई प्रक्रिया नै पूरा नगरिकन कार्य सम्पादन देखाउनकै लागि जर्बजस्ती खुला दिशामुक्त घोषणा गरिएको खुलासा भएको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत रामचन्द्र ढकालले कार्य उप्लव्धि देखाउन जर्बजस्ती मायादेवीलाई खुला दिशामुक्त घोषण गरेका हुन् । चैत २२ गते मायादेवी खुला दिशामुक्त घोषणा हुदाँ वडा नं. १ पकडी पनि खुला दिशामुक्त गरिएको थियो । स्थानीयबासीहरुले प्रक्रिया र मापदण्ड पुरा नगरि हचुवाको भरमा खुला दिशामुक्त घोषणा भएको भन्दै विरोध गरेका छन् । अरु त अरु जनप्रतिनिधीले समेत प्रशासकीय प्रमुख ढकालले कर्मचारीहरुलाई दबाब दिएर दिशामुक्त घोषणा गराएको आरोप लगाएका छन् ।

    Advertisement

    बुद्ध दर्पण दैनिक सहितका पत्रकारहरुले आइतबार मायादेवी गाउँपालिका १ पकडीको समरौटी, बरही, वडा नं.८ को विजुवाको जमुनी, वडा नंं. ७ हरनामपुर लगायतका क्षेत्रमा ७० प्रतिशत मात्र शौचालय निर्माण गरिएको छ । जसको प्रयोग ३० प्रतिशत जनताले समेत नगरेको पाइयो । गाउँपालिकाले आ.ब. २०७५÷७६ मा विनियोजन गरेको खानेपानी तथा सरसफाई सम्बन्धी विविध कार्यक्रमको १० लाख रकम कुम्ल्याउनका लागि मायादेवीलाई खुला दिशामुक्त घोषणा गरिएको श्रोतको दाबी छ । प्रमुख ढकालले एकमुष्ठ शिर्षक राखेर सरसफाईमा आफुखुशी बजेट बाडफाँड गरेका छन् । गाउँपालिकाका विभिन्न वडाहरुमा शौचालय प्रयोगको अवस्था ५० प्रतिशत रहेपनि झुठो तथ्यांकको भरमा खुला दिशामुक्त घोषणा गरिनु लज्जास्पद भएको स्थानीयबासीहरुको ठहर छ । विगतमा भएका खुला दिशामुक्त मापदण्ड पुरा गरेर गरिएको भएपनि पकडी, विजुवा, हरनामपुरलाई ढकालले आफ्नो कार्यकालमा जर्बजस्ती खुला दिशामुक्त बनाएका हुन् । ढकालले फिल्डमा काम नभएपनि कागजमा भने मापदण्ड पुगेको भन्दै जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिलाई दिशामुक्त घोषणाका लागि पत्राचार गरेका थिए । जसअनुसार जिल्ला समन्वय समितिको अगुवाईको स्वच्छता समितिले गाउँपालिकालाई घोषणा गरेको थियो । समन्वय अधिकारी जग्न्नाथ लामिछानेले गाउँपालिका सबै अनुगमन नगरेको वडा नं. १ अनुगमन गर्दा केहि स्थानमा शौचालय नभएको स्वीकार्नुभयो । “विस्तारै बनाउछौ भने हामीले पनि ठिकै छ भनेर घोषणा अनुमति दियौ ” उहाले भन्नुभयो । शौचालय निर्माण मात्र गरेर प्रयोग नगरे खुला दिशामुक्तको कुनै अर्थ नहुने लामिछानेले बताउनुभयो । प्रशासकिय अधिकृत ढकालले गलत तथ्यांक दिएर गाउँपालिकालाई नक्कली खुला दिशामुक्त घोषणा गरेको वडा नं. ४ का वडा अध्यक्ष फत्ते मोहम्मदले आरोप लगाउनुभयो । “जनतालाई चौतर्फी घेराबन्दी गरि बाध्यात्मक अवस्थामा शौचालय निर्माण गराइयो तर प्रयोग कसैले गरेको छैन, कसरी दिशामुक्त घोषणा हुन्छ” उहाले भन्नुभयो । गाउँपालिकाको अधिकांश वडामा प्यान लेबल सम्म शौचालय निर्माण गरिएपनि प्रयोग भने ज्यादै न्यून छ । जर्बजस्ती शौचालय बनाएको नाटक गर्न कर्मचारी खटाएका ढकालले शौचालय प्रयोग बारे भने वास्ता नगरेको स्थानीय सुरेश पासी बताउनुहुन्छ । गाउँपालिकाले शौचालय निर्माण तथा सहयोगको नामम लाखौ रकम खर्च गरेकै कारण प्रतिफल देखाउन बाध्य भई खुला दिशामुक्त घोषणा गरिएको उहाँको दाबी छ । गाउँपालिकाका वाश संयोजक थानेश्वर अधिकारीले ८ वटा वडाका ६ हजार ९ सय ९३ घरधुरी मध्ये ६ हजार ७ सय घरधुरीमा शौचालय भएको दाबी गर्नुहुन्छ । गाउपालिकाको यस्तो अवस्था सार्वजनिक हुदा वासको भूमिका माथि पनि प्रश्न चिन्ह खडा भएकोछ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका अनुसार प्यान लेबल सम्म पक्की भएको र शौचालयमा सबैको पहुँच छ भने त्यो क्षेत्रलाई खुला दिशामुक्त घोषणा गर्न सकिन्छ । तर खुला रुपमा राखिएर भुस, खरले ढाकिएको कहिल्यै प्रयोग नगरिएको शौचालयबाट कसरी खुल्ला दिशामुक्त हुन्छ मायादेवी भन्ने प्रश्न स्थानीयबासीको छ । साबिकका गाविस र अहिलेका वडा खुला दिशामुक्त घोषणा हुदा पश्चिम ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले थप पुर्ण सरसफाईको लागि २ देखि ३ लाख सम्म अनुदान दिने गरेको छ । तर गाउँपालिका प्रमुख ढकालले उक्त रकम दुरुपयोग गरि वडाको घोषणा कार्यक्रमहरुमा खर्च गरिदिन अख्तियारी दिने र सोहि शिर्षक बाट र्खच भुक्तानी दिने गरेका छन् । आफ्नो दबाबमा गाउँपालिका खुला दिशामुक्त घोषणा नभएको प्रशासकिय अधिकृत रामचन्द्र ढकालले दाबी गरेका छन् । कर्मचारीले ल्याएको तथ्यांकका आधारमा आफुले घोषणा माग गरेको बताउदै जिल्ला स्तरीय समितिले निर्णय गरेर खुला दिशामुक्त भएको उहाँको भनाई छ । हुनतः जिल्लाका दक्षिणी भेगमा भएका खुला दिशामुक्त घोषणा गरिएका वडा तथा स्थानीय तहमा अहिले पनि पूर्ण रुपमा शौचालय निर्माण तथा प्रयोग हुन सकेको छैन । शौचालय निर्माणलाई मात्र आधार बनाएर खुला दिशामुक्त घोषणाले नाम मात्रको दिशामुक्त हुने सरसफाई अगुवाहरु बताउछन् । “जब सम्म खुला स्थानमा दिसा देखिदैन तब सम्म त्यसो क्षेत्र खुला दिशामुक्त हुदैन” सरसफाई अगुवा कमला सापकोटाले भन्नुभयो ।

    सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation