• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ५. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ६. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ७. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ८. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ९. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • १०. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

भ्रष्टाचारको अखडा बन्दै मायादेवी गाउँपालिका , ४० हजार घुस माग्दै अधिकृत ढकाल ॥


  •   शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
  • कपिलबस्तु – जिल्लाको मायादेवी गाउँपालिका यतिखेर भ्रष्टाचारको अखडा बन्दै गएको छ । सेवाग्राही देखि जनप्रतिनिधी समेत भ्रष्टाचारबाट आजित बनेका छन् । गाउँपालिकाको पकडी स्थित कार्यालयमा घुस बिना सिन्को समेत नभाचिने भएपछि यतिखेर गाउँपालिकामा यसको चर्को विरोध भईरहेको छ । २ बर्ष देखि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले घुस बिना काम नगर्ने परिपाठी बसालेपछि अहिले सेवाग्राही देखि जनप्रतिनिधी समेत पीडित बनेका छन् । पूर्वाधार योजना, सामाजिक, शिक्षा, स्वास्थ्य सहित दर्जनौ फाँटमा हुने काममा ढकालले घुस आतंक मच्याएका छन् । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी तथा उपाध्यक्ष गिता तिवारी समेत प्रमुख ढकालको गुनासोबाट आजित बन्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ढकालले लेखापाल तुलसी पौडेल मार्फत योजना तथा कार्यक्रमहरुको घुस लिने गरेको जनाइएको छ । हालै मात्र उहाले ३ वटा योजना र १ कार्यक्रममा रकम लिएको खुलासा भएको छ । मायादेवी गाउँपालिका ६ को वडास्तरीय योजनाबाट डुमराको मदरसा मर्मत तथा रंगरोगनका लागि २ लाख बजेट विनियोजन गरिएको थियो । कार्य सम्पन्न भएको १ महिना बितिसक्दा समेत ढकालले विभिन्न बहानामा भुक्तानी रोकिएको छ । उपभोक्ता समितिीका अध्यक्ष सई मोहम्मदले पटक पटक काम अनुसारको भुक्तानी दिन अनुगमन गरिदिन आग्रह गर्नुभएको छ । अन्त्यमा ढकालले ९ हजार रुपैया लिई अनुगमन गरेर चेक दिएको सई मोहम्दले बताउनुभयो । अनुगमनको अधिकार गाउँपालिका उपाध्यक्ष गिता तिवारीलाई भएपनि ढकाल आफै अनुगमन जाने गर्नुभएको छ । यसै गरि चैत २२ गते मायादेवी गाउँपालिका खुला दिशामुक्त घोषणा कार्यक्रममा तौलिहवाबाट राजन टेन्ट हाउसलाई मञ्च तथा सजावटको जिम्मेवारी दिइएको थियो । विना कोटेशन प्रमुख ढकालको निर्देशनमा दिइएको उक्त काममा १ लाख ८९ हजार रकम भुक्तान गरियो । तर राजन टेन्ट हाउसका संचालक मोहम्द जमाले आफुले १ लाख मात्र पाउने बाँकी प्रमुख ढकाल र लेखापाल तुलसी पौडेललाई बुझाउनुपर्ने गुनासो गर्नुभयो । बिहिबार न्यायिक समितिले न्याय तथा मेलमिलाप कार्यक्रम तथा अभिमुखिकरण कार्यक्रम संचालनका लागि सहकार्य गर्ने भनि निर्णय गरेपनि प्रमुख ढकालले कार्यक्रम सम्झौता गर्न नमानेको जनाइएको छ । उपाध्यक्ष गिता तिवारीलाई नै सम्झौता गर्न भनेर ढकाल तर्किएको बुझिएको छ । पछि लेखा फाँटमा गई ४० हजार दिए सम्झौता गरिदिने भनि संस्थाका प्रतिनिधिलाई भनेपछि विवाद सिर्जना भएको थियो । विवाद पछि ढकालले कार्यालयको सामाजिक विकास शाखाका बैतुल्ला धुनियाले तयार पारेको सम्झौताको काजगात च्यातेर मिल्काउनुभएको थियो । रकम नलिई कामै नगर्ने प्रबृत्तिले यतिखेर गाउँपालिकाका उपभोक्ता तथा जनप्रतिनिधी आजित बनेका छन् । सोमबार मायादेवीमा आयोजित सार्वजनिक सुनुवाईमै वडा नंं ४ का अध्यक्ष फत्ते मोहम्मदले गाउँपालिका कार्यालय मालपोत भन्दा पनि बदनाम घुसखोरी अड्डा बनेको भन्दै आक्रोश पोख्नुभएको थियो । समायोजनमा एक महिना अघि जिल्ला समन्वय समिति कपिलवस्तुमा सरुवा भइसकेका ढकाल र एक महिना अघि डिभिजन बन कार्यालय तौलिहवामा सरुवा भइसकेका लेखापाल तुलसी पौडेल अहिले पनि गाउँपालिकामा अड्डा जमाएर बसेका छन् । सरुवा भएपनि पत्र नआएको भन्दै ढकाल र कर्मचारी नभएको निहुमा पौडेलले गाउँपालिका छाडेका छैनन् । जिल्ला समन्वय समितिले दुबैका त्यहाबाट सरुवा भएको तर प्रमुख ढकालको पत्र नआएको समन्वय अधिकारी जगन्नाथ लामिछानेले बताउनुभयो । भ्रष्टाचार र उपभोक्तालाई सास्ती दिएको बारे प्रमुख ढकाल तथा लेखापाल पौडेलले अनभिज्ञता प्रकट गर्नुभएको छ । सरुवा भएको स्वीकार्दै दुबैले पत्र र कर्मचारी आए जाने बताउनुभयो ।

    Advertisement

    शुक्रबार, बैशाख १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 
    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै
    मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद
    प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट
    भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द
    गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ५.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ६.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    भर्खरै

    • १.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • ३.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ७.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ८.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation