काठमाडौं । ‘मायाँको झण्डा दिलमा फरर’ बोलको लोकदाहोरी गीत सार्वजनिक भएको छ।नेपाली लोक संगीत क्षेत्रकी मोडल अन्जु निरौलाले आफ्नै म्युजिक कम्पनी ‘गुन्दुर्क’ मिडिया प्राइभेट लिमिटेड कम्पनीबाट हालैमात्र यो गित बजारमा ल्याएकी हुन।उनि लोक दोहोरीका म्युजिक भिडियोमा मात्र होइन केहि नेपाली चलचित्रहरुमा पनि अभिनय मार्फत देखिसकेकी छिन् ।
यस गीतमा नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक तथा सर्जक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको सुमधुर स्वर रहेको छ । बिमल डाँगीले एक बर्षको अन्तराल पछी यस गीतमा आफ्नो स्वर भरेका हुन् । हाल अमेरिकामा रहेका उनले पहिलेका गीतहरु जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनुहुने छ भन्ने कुरामा विश्वास ब्यक्त गरेका छन् ।प्रस्तुत गीतमा स्थायी घर दैलेख र हाल काठमान्डौमा नै रहेका लोकप्रिय सर्जक गणेश चौलागाईको शब्द र बिमल डांगीको लय र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ । चर्चित निर्देशक शिब बि. क ले निर्देशन रहेको गीतको भिडियोमा अन्जु निरौला, रबिन्द्र प्रताप सेन र लोमस शर्माको अभिनय रहेको छ । गीतको भिडियोमा रामेश्वर कार्कीको क्यामेरा र कमल प्रसाँईको ड्रोन रहेको छ । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।