कावासोती । नवलपुरको मध्यबिन्दुमा एउटा शव फेला परेको छ । मध्यबिन्दु–१० मा झन्डै ३५ वर्षीय भारतीय मुलका जस्ता देखिने एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।
Advertisement
सव सोमबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सनाखत हुन नसकेको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।