प्रिया स्मृती गजमेर,दाङ। बिहानै उठेर हातमा कार्पेट समाउदै वडा नम्बर ४ को कम्पाउण्डमा आइ पुग्छिन कुन्ता नेपाली। उनी समाजको एक जिम्मेवार ब्यती पनि हुन।गत बर्षको स्थानीय निर्बाचनमा वडा सदस्य पदमा निर्बाचित भएकी हुन कुन्ता।बिहिबार बिहान कम्पाउण्डमा योगा गर्दै गर्दा योगाले फुर्तिलो बनाउने रहेछ,शरीरको कसरत पनि हुने भएकोले राम्रो लाग्यो,अब दैनिक आउछु कुन्ताले भनिन।
कुन्ता जस्तै धेरै महिलाहरु भालेको डाको सङै उठेर योगा तिर लाग्ने गर्दछन।सकारात्मक सोच बाट हरेक बिहानी शुरुवात गर्दा जीवन नै सकारात्मक हुन्छ भन्ने भनाईलाई आत्मसात गर्दै न घाम न पानी भनी आफ्नो स्वास्थ्यका लागि गर्नै पर्ने काम भएको प्रशिक्षक भेषराज भट्टराई बताउछन।पतन्जली योग समिती लमहीको सहयोग तथा लमही नगर पालिका वडा नम्बर ४ को आयोजनामा १ हप्ते निशुल्क योग शिबिर देउखुरीको लमहीमा शुरु भएको छ। मानव जिबनलाई स्वस्थ र निरोगी बनाउनका लागि योग अति आबश्यक भएकोले वडाले यो कार्यक्रमको आयोजना गरेको वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्यौपानेले बताए ।
पतन्जली योग समितिले देउखुरीका फल्कापुर,केरुनिया,कौडिया,बनगाउ,शान्ती नगर,देउपुर,लङडी,रिहार,राजपुर,राप्ती गाउपालिकाका विभिन्न स्थानमा शिबिर सन्चालन गर्दै आएको छ। एक हप्ते निशुल्क शिबिरको प्रशिक्षणमा सहना श्रेष्ठ,भेषराज भट्टराई,सिमा डाङी टिकाराम पाण्डे रहेका छन।
स्वास्थ्यका लागि योगा
स्वास्थ्यका लागि योगा
Advertisement
तपाईको प्रतिक्रिया