बिक्रम पाण्डे,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १२ वडा कार्यालय झेडीमा लगाईएको ताला खोलिएको छ ।
वडा कार्यालयले जनचासोको बिषयमा आफुखुसी गरेको तथा बजेट बिनियोजन सहि तरीकाबाट नभएको भन्दै दुई जना वडा सदस्यकै सहभागीतामा स्थानीयहरुले बुधवार बिहान तालाबन्दी गरेका थिए । यसैबिच नगर प्रमुख भुसालको प्रमुख आतिथ्यतामा बसेको बैठकले वडा कार्यालयबाट भए गरेका काम कार्य सम्बन्धमा चैत्र १२ गते नगरपालिका कार्यालयमा दिएको निबेदन तथा बुधवार बिहान वडा कार्यालयमा लगाईएको ताला बन्दीको बिसयमा गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
त्यस्तै बैठकले स्थानीयबाट आएका गुनासाहरुको सम्बन्धमा वडा अध्यक्ष , वडा सदस्य तथा नगरपालिकाको बिचमा छलफल गर्ने समेत निर्णय गरेको छ । सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक , प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल , प्रहरी नायब निरीक्षक अच्युतराज आचार्य तथा स्थानीयहरुको उपस्थितिमा वडामा लगाईएको ताला खोलिएको हो ।
वडा कार्यालयमा लगाईएको ताला खुल्यो
वडा कार्यालयमा लगाईएको ताला खुल्यो
Advertisement
तपाईको प्रतिक्रिया