• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कृषिमा लगानी बढाउँदै बडिगाड गाउँपालिका


  •   बुधबार, चैत १३, २०७५ मा प्रकाशित
  • बागलुङ – बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कृषिमा आत्भनिर्भर बन्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो।कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो । योजना लागू गर्न गाउँसभाले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्टाएको छ । सोही बजेटबाट व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारी वा फार्मलाई सशर्त अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।‘कृषिलाई व्यावसायिक बनाउने प्रमुख उद्देश्य हो’, उनलेभने, ‘यसबाट रोजगारी सिर्जनासँगै विदेश पलायन रोकिने हाम्रो विश्वास छ ।’ ठूलो परिमाणमा उत्पादन नगरेसम्म कृषि क्षेत्र व्यावसायिक बन्न नसक्ने उनको भनाइ छ । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार अनुदान रकम उपलब्ध हुनेछ । अनुदान पाउन कम्तीमा आधा हेक्टर क्षेत्रफलमा व्यावसायिक कृषि गर्नुपर्ने प्रावधान छ । पशुपालनतर्फ कम्तीमा २० भैँसी वा २५ गाई वा १०० बाख्रा ५०० कुखुरा पाल्नेले अनुदान पाउने छन् ।

    Advertisement

    ‘उत्पादन, आम्दानी र रोजगार सिर्जनाको सुनिश्चिता भएमात्र अनुदान उपलब्ध गराउँछौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले भने । उनका अनुसार गाउँपालिकाका अध्यक्षको नेतृत्वमा रहेको समितिले गरेको अध्ययन र सिफारिसपछि अनुदानको प्रक्रिया अघि बढ्नेछ ।

    गाउँपालिकाका १० वटै वडा समेट्ने गरी योजना छनोट गर्ने तयारी गरिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना निकालेर व्यक्ति, समूह, सहकारी र फार्मबाट आवेदन माग गरेको छ । ‘धेरै आवेदन परे भने छोटो सूची निकाल्छौँ’, अधिकृत सुवेदीले भने, ‘स्थलगत अध्ययनपछि छनोटको अन्तिम टुङ्गो लाग्नेछ ।’

    योजनाको कूल लागतमध्ये गाउँपालिकाले ७५ प्रतिशत अनुदान उपलब्ध गराउनेछ भने बाँकी २५ प्रतिशत सम्बन्धित व्यक्ति, समूह, सहकारी र फार्मले लगानी गर्नेछन् । अनुदान र लगानीको सुरक्षाका लागि लालपुर्जा जमानतमा राख्ने सोचमा गाउँपालिका छ ।

    गाउँपालिकाले नीति तथा बजेटमै कृषि क्षेत्रलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ । बडिगाडमा व्यावसायिक तरकारी, फलफूल, खाद्यान्न बालीका साथै पशुपालनको प्रशस्त सम्भावना रहेको बताइएको छ ।

    बुधबार, चैत १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation