प्रिया स्मृती गजमेर ,देउखुरी । पाच बर्षिया बालिकालाई जबर्ज्स्ति करणी गरेर फरार भएका एक युवकलाई खोज्न प्रहरी यति बेला भारतका बिभिन्न ग्रामिण बस्ति र शहरमा पुगेको छ । घटनामा संलग्न मुख्य युबक दुर्गेश थापा फरार रहेका छन् भने दुर्गेस थापाको साथीलाई भने प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बलात्कार घटनाका अभियुक्त खोज्न भारतमा गोप्य रुपमा अभियान नै चलाएको छ । ईलाका प्रहरी कार्यालय गढवाले भारतीय प्रहरी संगको समन्वयमा ५ बर्षिया बालिकालाई करणी गर्ने गढवा गाउँपालिका वडा नं. ८ कोइलावास निवासी २३ बर्षिय दुर्गेश थापालाई पक्राउ गर्न छिमेकी देश भारतको तुलसीपुर क्षेत्रमा खोजी कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरीराज भण्डारीले बताए ।करणी अभियोग लागेका थापा कोइलावाससंग सिमा जोडिएको भारतीय बजार तुलसीपुरको एउटा ढावामा कुकको काम गर्दै आएका थिए । नागरिकता बनाउन ईलाका प्रसासन कार्यालय लमही आउने क्रममा छिमेकी हजुर आमाको घर गढवा–६ चिल्लेमा बास बसेका थिए । चैत ५ गते बेलुका पाँच बर्षिया बालिकालाई दश रुपैया दिएर चकलेट किन्न पसल पठाएर आफु रुखको ओत लागि बालिकालाई घर देखि केहि पर गएको मौका छोपेर जंगल तिर लागि जबर्ज्स्ति गरेका थिए । पसल गएकी नातीनि नफर्किएपछी हजुर आमाले खोज्न थालिन । घर देखि केहि दुरी पर बच्चा रोएको आवाज आए पछि आत्तिदै त्यहा जादा रगत्याम्म भएर रोईरहेकि नातिनी देखेर आफ्नो होस् हवास नै उडेको बालिकाकी हजुर आमा राज कुमारी घर्तीले भनिन । घर्ती घटनास्थल पुग्दा सम्म ति युबक त्यहाबाट भागिसकेका थिए । घटना भएलगत्तै प्रहरीलाई खबर गरियो र प्रहरी पनि घटना स्थल पुग्यो । प्रहरीले तुरुन्तै अनुशन्धान शुरु गर्यो । बालिकाको लमहीमा उपचार सम्भब नभए पछि अहिले बुटवलमा उपचार भैरहेको छ । प्रहरीले घटनाका अभियुक्तलाई खोज्न अभियुक्तका साथीलाई पनि संगै भारत लगेको छ ।
