माधव बेल्वासे
कपिलवस्तु फागुन २८
कपिलवस्तुको विजयनगर गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका योजना तथा नितिको वारेमा विभिन्न निर्णय गर्दै सभा सकिएको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले सभामा आगामी योजना वारे जानकारी दिदै गाउँपालिकालाई नमुना बनाउने वताए । गाउँपालिका वासीको हक हितमा हुन काम गरेका जनाउदै समृद्ध पालिका निर्माणमा सवैको साथ हुनुपर्ने वताए ।
विजयनगर गाउँपालिका जिल्लाकै पछाडी परेको गाउँपालिका रहेको भन्दै पिछाडिएका गाउँहरुलाई विशेष प्राथमिकता दिएर योजना निर्माण गरेको वताए । गाउँवासीको चाहाना अनुसार आफुले काम गर्ने समेत प्रतिवद्धता जनाए । गाउँ सभामा १२ प्रकार सेवा सुविधा गाउँपालिकाले निशुल्क प्रदान गर्ने निर्णय भएको छ ।
नागरिकता सिफारीस २२ उमेर सम्म, प्रतिलिपि सिफारिस, जेष्ठ नागरिक सिफारिस, एकल महिला सिफारिस, विपन्न महिला सिफारिस, अविवाहित सिफारिस, दलित सिफारिस, बसाई सराई आउनेलाई निशुल्क दर्ता, छात्रवृती सिफारिस, अपागंता सिफारिस, सम्बन्ध विच्छेद सिफारिस र दैवि प्रकोप सिफारिस निशुल्क प्रदान गरिने भएको छ । सभाले केहि योजनाहरु संसोधन गरेका छ भने न्यायिक समिति सम्वन्धि कानुन संसोधन भएको छ।
गाउँपालिकाले आगामी योजना अन्तरर्गत साक्षरता अभियान संचालन गर्ने, जनता उद्धार उपचार कोष स्थापना गर्ने, महिला समुह सहकारी चालु कोष र टोल वस्ति पहिचान कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष थापाले वताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले विकास निमार्णको काममा केहि ढिलाई भएपनि अव निरन्तर हुने वताए । समयमा नदिजन्य पदार्थ नखुल्दा विकासमा काममा केहि वाधा आएको भन्दै अव गाउँपालिकाको कामले तिव्रता पाउने समेत जनाए ।
विजयनगर गाउँपालिकाका लेखा प्रमुख लक्ष्मण भट्टराईले अहिले सम्म गाउँपालिकावाट भएको खर्चको जानकारी दिए । भट्टराईले जनप्रतिनिधिहरुलाई वजेट निकासामा आवश्यक कागजात को वारेमा समेत सचेत गराएका छन् ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको अध्यक्षता उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी, लेखा प्रमुख लक्ष्मण भट्टराई लगाएतको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागीतमा सम्पन्न सभा संचालन प्रशासन साखा प्रमुख सुवास वढई ले गरेका थिए ।
विजयनगर गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न
विजयनगर गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया