केशर रोका,प्यूठान। भारतबाट आइएमइ मार्फत पैसा पठाउँदा प्यूठानकी एक महिलालाइ टिभी उपहार परेको छ । नौवहिनी गाउँपालिका लुङकी कमला घर्तीले ३१ हजार रुपैयाँ बरावरको एलइडी टिभी उपहार प्राप्त गरेकी हुन् । उनका श्रीमानले भारतबाट दशैँ आयो योजना अन्तर्गत पैसा पठाएका थिए । ‘लक्की ड्र’ मार्फत उपहारका लागि उनी छानिएका हुन् । उनी साविकको राप्ती अञ्चलबाट छनौटमा परेको इन्टरफेज मनी ट्रान्सफर बाग्दुलाका संचालक डिल्लीराज पराजुलीले जानकारी दिए । आइएमइले भारतबाट पैसा पठाउने नेपालीहरुका घरपरिवारलाई विभिन्न ‘स्किम’ मार्फत मोटरसाइकल, कार, टिभी, डिसहोम लगाएत उपहारहरु प्रदान गर्दै आएको छ । विगत १८ वर्षदेखि सेवा प्रदान गर्दै आएको रेमिट्यान्स सेवा प्रदायक संस्था इन्टरफेज मनी ट्रान्सफरले प्रमुख बजार बाग्दुलासहित प्यूठानका विभिन्न बजार केन्द्रबाट सेवा दिँदै आइरहेको पराजुलीले जानकारी दिए । यसअघि सोही फर्मबाट स्वर्गद्धारी नगरपालिकाका तुल बहादुर सुनार, केसरी ठकुरी र लक्ष्मीदेवी सुनालाई डिसहोम उपहार प्रदान गरिएको पराजुलीले बताए ।
आइएमइ गर्दा टिभी उपहार
आइएमइ गर्दा टिभी उपहार
Advertisement
तपाईको प्रतिक्रिया