• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गौमुखीमा ‘श्रमिक महिला दिवस’ विभिन्न कार्यक्रम गरी सम्पन्न


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी/ ठुलाबेसी प्युठान। “लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” भन्ने मूल नाराका साथ ठुलाबेसी महिला समूहको आयोजना र गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा गौमुखी गाउँपालिकाको ठुलाबेसीमा विभिन्न कार्यक्रमका बीच १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
    कार्यक्रममा गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सी सुनानार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, गौमुखी माविका शिक्षक द्वय राम बहादुर भण्डारी र जायश्वर जैसी, गौमुखी गाउँपालिकाका स्वास्थ्य सह संयोजक केशव केसी, महिला तथा बालबालिका शाखा संयोजक लक्ष्मी न्यौपाने, महिला नेतृ कमला पोख्रेल लगायतले महिला अधिकार र कर्तव्यको बारेमा स्पष्ट पार्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष तुल्सी सुनारद्वारा ६० वर्ष पुगेका २५ जना एकल महिलाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    उक्त अवसरमा खुल्ला लोक नृत्य, महिला रस्साकस्सा, महिला कुर्सी दौड र महिला घैंठोफोर प्रतियोगिता पनि सम्पन्न भएका छन् । लोक नृत्य प्रतियोगितामा प्रथम एजु ब्रान्ड बोर्डिङ स्कुल अग्लुङ्ग फेंदी, द्वितीय निता राना अर्खाको समूह, तृतीय लालकुमारी बुढा अर्खाको समूह र सान्त्वना अनिता केसीको समूह भएका छन् । महिला रस्साकस्सा प्रतियोगितामा प्रथम गीता थापाको समूह खुङ र द्वितीय साबित्रा केसीको समूह ठुलाबेसी भएका छन् । महिला कुर्सी दौड प्रतियोगितामा प्रथम दुर्गा मल्ल र द्वितीय बबिना जैसी भएका छन् । त्यस्तै घैंठोफोर प्रतियोगितामा पार्वती केसीले प्रथम स्थान हासिल गरेकी थिइन् । सोही अवसरमा नै तक बहादुर सुनारको समूहले सरसफाइ तथा स्वास्थ्य सम्बन्धि जन चेतनामूलक नाटक समेत प्रस्तुत गरेको थियो ।
    लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई यशोदा केसीले स्वागत मन्तव्य दिई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन मिना केसीले गरेकी थिइन् । आजै बिहान महिला समूहको नेतृत्वमा ठुलाबेसी बजार सरसफाइ गरिएको थियो भने दिउँसो विभिन्न प्ले कार्ड सहित महिला अधिकार सम्बन्धि नाराजुलुस गरी बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा सयौंको संख्यामा महिला तथा पुरुषहरूको उत्साहजनक उपस्तिथि रहेको थियो । गाउँपालिकाका पुजा, नारीकोट लगायतका अन्य स्थानहरूमा पनि अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

    Advertisement

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...