• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ६. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • १०. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम:प्युठानका ३ स्थानिय तहमा पनि लागु


  •   मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    प्युठानमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरि ९ वटा स्थानिय तह छन् । प्युठानका स्थानिय तहमा पनि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएको छ । जिल्लाका तीनवटा स्थानिय तहमा यो कार्यक्रम लागु भएको हो । ५ नम्बर प्रदेश सरकारले आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाहरुका समुदाय, घरपरिवार वा व्यक्तिहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रमहरु मार्फत जिवनस्तर सुधार गरी गरिवि निवारण गर्ने मुख्य उदेश्यले चालु आर्थिक वर्षमा यो कार्यक्रम संचालनमा ल्याएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता हेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार प्युठानका ऐरावती, नौवहिनि र गौमुखी गरि तीनवटा स्थानिय तह निर्धारित सूचकमा कमजोर पाईएपछि यो कार्यक्रम लागु भएको हो ।

    Advertisement

    यो कार्यक्रम मार्फत स्थानिय तहमा शिक्षा, स्वास्थ्य , राहत पूर्नस्थापना, सामाजिक संरक्षणका क्षेत्रमा काम गर्ने सहजकर्ता अधिकारीले जानकारी गराए । लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासंगको सहकार्यमा सहभागिता अपनाई यो कार्यक्रम संचालन गरिने अधिकारीले जानकारी गराए । कार्यक्रमले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सिप विकासका कार्यक्रमहरु मार्फत लक्षित वर्गको क्षमता बृद्धि र शसक्तिकरण गर्ने, स्वरोजगारी तथा आयआर्जनका कृयाकलापहरुमा जोड दिने कार्यक्रमका सहजकर्ता अधिकारीले जानकारी दिए । यस कार्यक्रमका लक्षित वर्ग गरिविको समस्याबाट आक्रान्त घरपरिवार, असाहय जेष्ठ नागरिक, एकल महिला, बालवालिका, अपांग भएका व्यक्तिका घर परिवार, दलित पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार र कुनै प्रकोप तथा घटनाबाट घरबार विहिन भएका परिवार रहेको अधिकारीले बताए ।
    कार्यक्रम कार्यान्वयनका लागि दुई वटा समिति गठन गरि काम अगाडी वढाएको सहजकर्ता अधिकारीले जानकारी दिए । जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको संयोजकत्वमा ५ जनाको जिल्ला व्यवस्थापन तथा समन्वय समिति र गाउँपालिकामा गाउँपालिका अध्यक्षहरु (नवील विक्रम शाह ऐरावती गाउँपालिका, शिव रिजाल नौवहिनी गाउँपालिका र विष्णु गिरी गौमुखी गाउँपालिका) का अध्यक्षहरुको संयोजकत्वमा कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति रहने सहजकर्ता अधिकारीले बताए ।
    कार्यक्रमका लागि योजना छनोट हुँदै
    मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका लागि गाउँपालिकामा योजना छनोट कार्य अगाडी वढाईएको सहजकर्ता अधिकारीले जानकारी दिए । ऐरावती गाउँपालिका र नौवहिनी गाउँपालिकामा योजनाको छनोट भईसकेको र गौमुखी गाउँपालिकामा पनि केहि दिनमा योजना छनोट गरिने अधिकारीले बताए । उनका अनुसार तीनवटै गाउँपालिकामा योजना छनोट भईसकेपछि जिल्ला व्यवस्थापन तथा समन्वय समितिले अनुमोदन गरेपछि काम शुरु गरिने उनले बताए ।
    कार्यक्रम छनोट गर्दै गर्दा ऐरावती गाउँपालिकाले यूवा स्वरोजकारका कार्यक्रम ,कृषि, शिक्षामा विद्यालय भर्ना अभियान, विद्यालयलाई नमुना बाल उद्यम बनाउन कार्यक्रम छनोट गरेको छ । त्यस्तै नौवहिनी गाउँपालिकाले विद्यालय भर्ना अभियान, वृद्धलाई सामाजिक संरक्षण , वृद्धलाई सम्मान कार्यक्रम , कृषि क्षेत्रमा व्यवसायिक बाख्रा पालन, कुखुरा पालन, व्यवसायिक भैसीपालन का कार्यक्रम छनोट गरेको छ । र गौमुखी गाउँपालिकाले पनि कृषिलाई प्राथमिकता दिने र विद्यालयमा भर्ना कार्यक्रम अगाडी वढाउन छलफल गरेको सहजकर्ता अधिकारीले बताए ।

    कृषि र यूवा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न आग्रह
    कार्यक्रम लागुभएका तीनवटै स्थानिय तहहरुले कृषि र यूवा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । कार्यक्रम छनोटमा स्थानिय तहहरुले यूवाहरुलाई स्वदेशमै रोजगार दिलाउन र विदेश जानबाट रोक्न यूवा स्वरोजगारका कार्यक्रम र कृषि कार्यक्रम छनोट गरेको सहजकर्ता अधिकारीले जानकारी गराए ।
    अहिलेको सरकारको मुख्य लक्ष्य भनैको मुलुकमा समृद्धि ल्याउनु भएकाले समृद्ध भनेको प्रत्येक नागरिकको आयस्तर वढाउनु र जीवनमा परिवर्तन ल्याउनु भएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । जीवनमा परिवर्तन ल्याउनु उत्पादन वढाएर हो तसर्थ प्रदेश सरकारको मुख्य लक्ष्य कृषि क्षेत्रलाई नै प्राथमिकीकरण गरेको हुनाले सोही अनुसार अगाडी वढन खोजेको उनले बताए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत ऐरावती गाउँपालिकाले प्रदेश सरकारले लिएको लक्ष्य अनुसार कार्यक्रम अगाडी वढाएको उनले बताए । उनले भने,–‘यस क्षेत्रमा विशेष गरि विपन्न वर्ग र कृषि उद्यमी पहिचान गरि उहाँहरुलाई राहत पुग्ने गरि कार्यक्रम बनाएका छौँ । ’
    प्रति स्थानीय तह साढे ४५ लाख बजेट
    मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका लागि तीन स्थानीय तहमा ४५ लाख ९० हजारका दरले बजेट आएको छ । चालु तर्फ ३३ लाख १० हजार र पुँजिगत तर्फ १२ लाख ८० हजार गरी एउटा स्थानीय तहमा ४५ लाख ९० हजार बजेट आएको कार्यक्रम सहजकर्ता अधिकारीले जानकारी दिए । सबै स्थानीय तहमा समान बजेट आएको उनको भनाई छ । यो बजेट सिधै गाउँपालिकाको खातामा पठाईने र गाउँपालिका मार्फत खर्च हुने बताईएको छ । प्रदेश सरकारले गरेको यो पहिलो कार्यक्रम हो । यो प्रदेश सरकारको ५ वर्षे आन्तरिक स्रोतबाट परिचालित कार्यक्रम हो । अर्को वर्ष पनि प्रदेश सरकारले बजेट थप गर्ने सहजकर्ता अधिकारीले बताए ।

    मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    • ६.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    भर्खरै

    • १.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • २.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ३.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ४.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    • ५.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • ६.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ७.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ८.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...